राजनीति

पहिले नागरिक बनौ अनि खबरदारी गरौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा नागरिक नभएको मेरो ठहर छ । मैले यो भनिरहदा कतिपयले सोध्नुहोला ३ करोड भन्दा बढी नागरिकलाई हजुर के भन्नुहुन्छ । ३ करोड भन्दा बढी नागरिकमध्ये १८ बर्ष नाघेका सवै हरेक पार्टीका सदस्य छन् उनीहरु पार्टीको निर्देशनमा चल्छन् भने उनीहरु कसरी नागरिक भए ? कोही नेकपा, कोही काँग्रेस, कोही राप्रपा, कोही माओवादी….यसरी हेर्दा यहाँ नागरिक कोही छैन ।

सवै पार्टीको हित सोच्ने, देशको हितमा र आम नागरिकको हितमा सोच्ने कोही भएन । सवै कमाउने छन् । मैले पैसा लगाएर बिजनेस गर्छु भने पक्कै कमाउने उद्धेश्य राखेको हुन सक्छु । म कुनै पनि पार्टीसंग आवद्ध छैन भने बल्ल म स्वतन्त्र नागरिक भए त्यस्तो अवस्थामा मेरो उत्तरदायित्व देश तथा नागरिकको हक हितमा हुनेछ ।

आज देशमा भ्रष्टाचार मौलाएको छ ? यसको बिरोधमा को बोल्ने ? बोल्दा कतै पार्टीले कारबाही गर्ने डर, नबोल्दा भ्रष्टाचार मौलाउने डर यही हुनाले आज देशमा भ्रष्टाचार मौलाएको छ । हामी सवै पार्टीको मान्छे, यहाँ कसले विरोध गर्ने यही कारणले गर्दा आज नेपालमा भ्रष्टाचार मौलाएको देखिन्छ ।

राम्रो काम गरेर देखाउनेले खाएको देखिदैन किनकि सबैको ध्यान भ्रष्टाचारतिर नगएर बिकासतिर गएको हुन्छ । आज बन्द उद्योग खोल्ने युवालाई बेरोजगारबाट मुक्त गर्ने नयाँ नयाँ उद्योग स्थापना गर्दै देशमा विकास भए कसले हेर्छ भ्रष्टाचार ? सवै काममा भए कसलाई फुर्सद हुन्छ पार्टीको पछि लाग्न ।

आज देशमा बिकासका काम नहुँदा भएको भ्रष्टाचार स्रोत देखिन थाल्छ यसैले गर्दा देशमा विरोधाभाष सुरु हुन्छ । यहाँ कसले खाएको छैन जोमाथि गएको छ सवै खान गएको छ । नखाने मानिसको अघि-पछि कोही छैन भने त्यस्ता व्यक्तिले नखाएको हुन सक्छ । एउटा परिवार भएको व्यक्ति खान गएको हुन्छ यसमा दुईमत छैन ।

हामी जुनसुकै पार्टीको भएपनि पहिले हामी नागरिक बनौं । नागरिक भएर यो गलत हो यस्तो गर्नुभएन भन्ने आवाज उठाउन सकेको खण्डमा देशमा विकास पक्कै हुनेछ । भ्रष्टाचार गर्नेले पनि सोच्न सक्छ । पहिले हामी नेपाल आमाका सन्तान बनौ । नेपालको हित नै आफ्नो हित सम्झेर अघि बढ्न सकेमा मात्र परिवर्तन सम्भव छ नत्र देश डुब्न सक्छ ।

नोट : यो लेख पस्कनुको मेरो उद्धेश्य हामी पार्टीको स्वार्थमा मात्र नलागौं । यसले गलत मनोबल बढ्नाले सिङ्गो पार्टी बदनाम हुन सक्छ । पार्टी गलत होइन त्यसभित्र पसेका गलत छविका व्यक्तिले नै पार्टीलाई बदनाम गराउन सक्ने हुनाले सचेत गराउन लागौं । यही नै आजको आवश्यकता हो ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

लोकतन्त्र र वर्तमान राजनीति

देशमा विकास हुन के आवश्यक छ ?

नागरिकले कर तिर्नु नपर्ने संसारका १० देशहरु

विदेश नै किन जाने यहाँ फलाउन सकिन्छ सुन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!