घरेलु उपचार

पत्रिकाबाट पनि आधा टाउको दुख्ने रोग हुनसक्छ निको

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्दा अचम्म तर सत्य कुरा भन्दा कतिपयलाई विश्वास नहुन सक्छ । यस्ता चमत्कारयुक्त औषधिहरू हामीसंग छन् तर बताउन चाहन्नौ । एकपटक पढ्दै पढ्दै गर्दा मलाई तिब्र टाउको दुखाई भएको थियो । मेरो अगाडि गोरखापत्र लिएर एकजना बयोबृद्ध व्यक्तिले बिडी जस्तै बनाएर नाकको माध्यमबाट चुरोट जस्तै तान्न भन्नुभयो के तानेको थिए मलाई ठिक भयो ।

मलाई ठिक भएपछि मैले जान्ने प्रयत्न गरे तर वहाँ बताउन तयार हुनुभएन । केहि महिनापछि मैले पनि यो औषधिबारे जानकारी लिन उहाँलाई Request गरेपछि मलाई बताइदिनु भएकाले पाठकको हितमा जानकारी पस्कन गइरहेको छु ।

पैसा ठूलो कुरा होइन यस्ता अनेकौं योगहरू छन् जसले चुट्किको भरमा रोग निको बनाउन सक्छ । टाउको दुख्नासाथ हामीले तुरुन्त Pain Killer औषधि सेवन गर्छौं तर भविष्यमा यसका थुप्रै खराबी पक्षहरू देखिन थाल्दछ ।

औषधि सेवन गर्दा हामीले सतर्कता अपनाउन आवश्यक हुन सक्छ । टाउको दुखेको छ तर पिनास हुदाँ के कस्तो लक्षण देखिन्छ यस बारेमा केहि जानकारी हुन आवश्यक छ । आधा टाउको दुख्ने रोगलाई अंग्रेजीमा Migraine भन्दछन् ।

टाउको दुख्ने समस्या छ भने पहिले यो फार्मुला अपनाउन म आग्रह गर्दछु । सधै हामीसंग पैसा नहुन सक्छ । आउनुस् औषधि बनाउने तरिका सिकौं । आजकल हरेक घरमा पत्रपत्रिका नभएको घर हुदैन यसलाई कसरी बनाएर फाइदा लिन सकिने रहेछ जानौं ।

औषधि बनाउने र प्रयोग गर्ने तरिका

१. गोरखापत्र होस् वा अन्य कुनै पत्रिका ल्याउनुहोस् । पत्रिकालाई साना-साना टुक्रा काटेर बिडी जस्तै बेर्नुहोस् र नाकको माध्यमबाट चुरोट जस्तै सल्काएर पिउनुहोस् पिउनासाथ टाउको दुख्न सन्चो हुन्छ ।

नोट : टाउको दुख्नुका थुप्रै कारण हुन सक्छ । यस्तो समस्या देखिएमा डाक्टरको परामर्श लिएर उपचार गराउनु राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

टाउको किन दुख्छ ?

टाउको दुख्नुका कारण र उपचार

टाउको दुखाईको औषधी र उपचार

टाउको दुखाईबाट पत्ता लाग्न सक्ने रोगहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!