विज्ञान जिज्ञासा

यज्ञसंग जोडिएको वैज्ञानिक रहस्य

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु धर्ममा यज्ञको विशेष महत्व छ । यज्ञ संस्कृत भाषाबाट उत्पन्न शब्द हो, जसको अर्थ हुन्छ – “त्याग, बलिदान, शुभ कर्म'”। भागवत गीताको अनुसार परमात्माको निमित्त गरिने कुनै पनि असल कार्यलाई यज्ञ भनेर भनिएको छ । यज्ञ सनातन धर्मका वेद एबं धार्मिक ग्रन्थमा आधारित उपासना पद्दति हो । यज्ञ कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यज्ञमा देवता, आहुति, वेद मंत्र, ऋत्विक र दक्षिणा अनिवार्य मानिन्छ । यज्ञको अर्को नाम अग्निपूजा हो । यज्ञबाट देवतालाई प्रसन्न पारिनुका साथै मनले चाहेको फल प्राप्त गर्न सकिन्छ । यज्ञले तिमीहरूका हरेक कामना एवम आवश्यकता पूरा गर्छ । तिमीहरू यज्ञद्वारा देवताहरूलाई पुष्ट गर, उनीहरूले तिमीहरूको उन्नति गर्नेछन् । ब्रह्माले मानिससँग मिलेर गरेका थिए यज्ञको रचना गरे र मानिसलाई भने, यही यज्ञबाट तिमीहरूको उन्नति हुन्छ ।

यज्ञ एक महत्वपूर्ण विज्ञान हो । यसमा जुन जुन वृक्षहरूको समिधा उपयोगमा ल्याइन्छ, तिनमा विशेष प्रकारका गुण हुन्छन् । केका लागि कस्तो प्रकारको सामग्री हवन गरिन्छ, त्यसको पनि विज्ञान छ । हवन गरिने वस्तुहरूको सम्मिश्रणबाट एक विशेष गुण तयार हुन्छ, जुन जलेपछि वायुमंडलमा विशिष्ट प्रभाव पैदा हुन्छ । वेदका मन्त्रहरूको उच्चारणको शक्तिबाट त्यसको प्रभावमा अधिक वृद्धि हुन्छ । यसबाट यज्ञमा सहभागी व्यक्ति तथा यज्ञ स्थल वरिपरिको वायुमण्डलमा ठुलो प्रभाव पर्छ । वैज्ञानिक तरिकाको कृत्रिम वर्षा गराउनुभन्दा यज्ञद्वारा वर्षा गराउनु पर्यावरणका लागि राम्रो हुन्छ । व्यापक सुख-समृद्धि, वर्षा, आरोग्य तथा शान्तिका लागि ठुल्ठुला यज्ञको आवश्यकता पर्छ । स-साना हवनले पनि आफ्नो सीमा र मर्यादाभित्र लाभ प्रदान गर्छ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्  

यज्ञ र हवनमा के फरक छ ?

यज्ञमा हवन गर्दा किन स्वाहा भनिन्छ ?

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!