विज्ञान जिज्ञासास्वास्थ्य

के हो फ्याटीलिभर ?

कलेजोका कोषहरुमा ट्राइग्लीसाइड तथा अन्य वोसोजन्य पदार्थ थुप्रिनुलाई फ्याटीलिभर भनिन्छ । कलेजोमा बोसोपनाको निर्धारण वोसो आउने र हट्ने प्रक्रियाको समीकरणले गर्छ । केही बिरामीमा फ्याटीलिभर सँगसँगै कलेजोको सुजन तथा कलेजोका कोषको मृत्यु हुने अवस्था पनि देखिन्छ । यसलाई स्टिएटोहेपाटाइटिस भनिन्छ ।

कलेजोमा बोसोपना बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो । यसले  भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ । कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो । यसले विशेषतः मेटावोलिक सिन्ड्रमसँग सरोकार राख्छ । मेटावोलिक सिन्ड्रम भन्नाले मधुमेह, अत्याधिक मोटोपना र ट्राइग्लिसिराइड बढ्नुलाई बुझाउँछ । केही औषधिको सेवन पनि यसको कारक बनेको हुनसक्छ ।

मेथोट्रेक्सट, एमियोडारोन आदि औषधिले यसलाई सहयोग गर्छन्  । यो  प्रायः सबै उमेर समूहमा देखिन्छ । आजभोलि ननअल्कोहोलिक यो डिजिजले संसार भरी नै चर्चा पाएको छ ।

फ्याटीलिभरका कारण

यसलाई यहाँ दुई प्रकारले वर्णन गर्ने प्रयास गरिएको छ । एउटा, रक्सीजन्य पदार्थले हुने यो अर्थात् अल्कोहलिक फ्याटीलिभर । अर्को, रक्सी सेवन नगर्ने व्यक्तिमा देखिने यो अर्थात् ननअल्कोहलिक फ्याटीलिभर ।

ननअल्कोहोलिक फ्याटिलिभर डिजिज

ननअलकोहोलिक यो शहरीया जनसंख्याको करिब २० प्रतिशतमा पाइन्छ ।  मोटोपना, मधुमेह, उच्च रक्तचाप, नियमित रुपमा प्रयोग गरिने केही औषधि ९जस्तै स्टेरोइड, एमीयोडारोन तथा केही केमोथेरापीमा प्रयोग हुने औषधि० का कारण ननअलकोहोलिक यो देखा पर्छ । जंकफुड तथा कार्वोनेटेड सफ्ट डिं«क पनि यो समस्या बढ्नुका कारण हुन् । मेटावोलिक सिन्ड्रम अर्थात् अत्याधिक मोटोपना, इम्पेरडग्लुकोज टोलरेन्स र हाइपर ट्राइग्रिलीसीरेडिमिया भएका व्यक्तिमा यो ४ देखि ११ गुणा बढी देखिन्छ ।

 साभार : डा दिलिप शर्मा, कलेजो रोग बिशेषज्ञ, वीर अस्पताल , स्वास्थ्य खवरपत्रीका, प्रकाशित मिति:२०७२ चैत १५ गते 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!