खानपान

किसमिस खाँदा स्वास्थ्यमा हुने फाइदाहरु

किसमिस अंगुरलाई सुकाएर बनाईने खाद्य पदार्थ हो । अंगूरलाई घाममा सुकाएर अंगूरको रंग हल्का पहेंलो, हरियो वा त काला हुन दिनुपर्दछ । किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । किसमिसको स्वाद जति मिठो छ फाइदा पनि उत्तिकै छ । किसमिस मानिसको स्वास्थ्यका लागि एकदमै लाभकारी मानिने गर्दछ ।

टेस्टी ड्राई फ्रूट किसमिस धेरै मानिसलाई मन पर्ने गर्दछ अझ विशेष गरी यो बालबालिका माझ लोक प्रिय हुन्छ । खानाको स्वाद बढाउन यिनीहरूको प्रयोग हुन्छ । खीर, पुलौ, हलुवा जस्ता कुरा बनाउँदा माथिबाट किसमिस हालिन्छ । यहाँ हामी किसमिसले स्वास्थ्यमा पुर्याउने फाइदाहरुको बारेमा बताउँछौं ।

यो पनि पढ्नुहोस्

कोदो र यसका फाइदाहरु

दही र मोहीका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

फाइदाहरु

१. आँखा तेजिलो बनाउछ

किसमिसमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटा क्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

२. रगतको परिपूर्ति गर्छ

किसमिसमा प्रसस्त मात्रामा आइरन हुन्छ । यसको नियमित सेवन गर्नाले शरीरमा रगतको कमी हुनबाट बचाउँछ र एनिमिया रोग लाग्नबाट टाढा राख्छ ।

३. हड्डी बलियो बनाउछ

किसमिसमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

४. मुख स्वस्थ राख्छ

यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किसमिसको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख सम्बन्धी बिभिन्न समस्याहरु हट्छ ।

Like & Follow us on Facebook

५. तौल बढाउछ

किसमिसमा फ्रक्टोज तथा ग्लुकोज पर्याप्त मात्रामा हुन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै तौल कम हुनेहरुका लागि तौल बढाउन मद्दत गर्छ ।

६. मुटु स्वस्थ राख्छ

किसमिसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । नियमति रुपमा यसको सेवन गर्नाले कोलेस्टेरोल कम गर्न मद्दत गर्छ र मुटु सम्बन्धी रोग लाग्न बाट बचाउँछ ।

७. एसिडिटी कम गराउछ

किसमिसमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!