मुख्य समाचारसमाचार

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को नीति तथा कार्यक्रममा

काठमाडौँ, २२ वैशाख । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम २० गते शुक्रवार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुसार सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

के छ त विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को नीति तथा कार्यक्रममा ?

२२. अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनका लागि संरचना निर्माण, प्रविधि तथा पूँजीको खोजी, प्रतिभाहरूको पहिचान, परिचालन र प्रवर्द्धन गर्न सुरु गरिएको छ ।

६२. सरकारले आगामी आर्थिक वर्षदेखि मुस्ताङको युरेनियम खानी उत्खनन्‌का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्‍न गरी सञ्‍चालनमा ल्याइनेछ ।

१००. शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्‍वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्‍टीकृत विश्‍वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय आगामी दुई वर्षभित्र सञ्‍चालनमा ल्याइनेछ ।

१६४. मदन भण्डारी प्रौद्योगिक विश्‍वविद्यालय स्थापना गर्ने पूर्वघोषित नीतिको कार्यान्वयन गर्ने कार्य अघि बढाइनेछ ।

१६६. प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने विषयहरू समावेश गरी यससम्बन्धी सीपयुक्त जनशक्ति विकास गरिनेछ ।

१६७. असल‚ सिर्जनशील र विश्‍लेषणात्मक सीपयुक्त जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गरिनेछ ।

१७२. युवाहरूको प्रतिभा पहिचान, परिचालन र प्रवर्द्धनका लागि नियमित रूपमा सिर्जनात्मक गतिविधि सञ्‍चालन गरिनेछ । विज्ञान तथा प्रविधि एक्स्पो, प्रदर्शनी, महोत्सव आयोजना गरी राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय स्तरमा नेपालीहरूले गरेको आविष्कारहरूको बारेमा जानकारी तथा ज्ञान विस्तार गरिनेछ । आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मुस्ताङको युरेनियम खानी उत्खननको लागि अध्ययन गरिने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!