घरेलु उपचारस्वास्थ्य

मुखमा आउने डण्डिफोर र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मुखमा आउने डण्डिफोर र यसको उपचार ! हरेक व्यक्तिको चाहना हुन्छ मुख अनुहार सफा होस या कुनै प्रकारको घाउ खटिरा रहित होस् तर कतिपय अवस्थामा यो सम्भव नहुन सक्छ । आजकाल फेसमा आउने डण्डिफोेरले धेरैको अनुहार कुरुप बनाइ दिएको छ ।

अधिकांश युवा युवतीको चढ्दो जवानीसँगै डण्डिफोरले सताउने गर्दछ । १६, १७ देखि २८, ३० वर्षको उमेरमा हर्मनको बढी विकास हुने हुँदा सिवासिया ग्रन्थि बढ्छ र डण्डिफोर पनि बढी देखा पर्दछ । डण्डिफोर के हो र यसको निधान कसरी गर्ने भन्ने जिज्ञाषा जागेको हुनसक्छ ।

के कारणले छालामा डण्डिफोर आउँछ भन्ने चिकित्साशास्त्रमा अहिलेसम्म कुनै ठोस तथ्य पत्ता लागेको छैन । तर पनि शरीरमा एन्ड्रोज हर्मनको अत्यधिक वृद्धिका कारण छालाको ग्रन्थिमा तैलिया पदार्थ जम्मा हुँदा डण्डिफोर देखा पर्दछ भन्ने सवैको अनुमान छ ।

डण्डिफोर कसरी आउछ भन्ने विषयमा हरेकले जान्न आवश्यक छ । जब शरिरमा हुने हर्माेनको असन्तुलन र छालाको हेरचाहको कमीकै कारण डण्डिफोर आउँछ । आज हामीले डण्डिफोरबाट कसरी बच्ने र उपचार कसरी गर्ने भन्ने विषयमा प्रकाश पार्ने जमर्को गर्नेछौं ।

डण्डिफोरबाट कसरी बच्ने ?

१. अनुहारलाई सधैँ सफा राख्ने ।

२. सुन्दरताको लागि अनुहारमा प्रयोग गर्ने सौदर्यका साधनमा बढी सतर्क हुने । गुणस्तरहीन सौन्दर्यका सामान प्रयोग नगर्ने ।

३. क्यालोरीयुक्त खानेकुरा आइसक्रिम, चकलेट, पिज्जा, बर्गर जस्ता खानेकुरा खानु हुदैन ।

४. अनुहारमा साना दाना देखिए भने कोट्याउनु वा हटाउनु हुँदैन् ।

५. अनुहारमा बढी चिल्लो कुरा लगाउनु हुदैन् ।

६. जाडो याममा छाला फुट्नबाट रोक्नका लागि प्रयोग गरिने मोइस्चराइज क्रिम वा अन्य कुरा लगाएर रातभरी राख्नु हुँदैन ।

७. आफूले अनुहार पुछ्न प्रयोग गर्ने तौलिया वा रुमाल सफा र व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको हुनुपर्छ ।

यसको उपचार कसरी गर्ने ?

(क) डण्डिफोर आएपनि आफै जाने हुन्छ । धेरैजसो मानिसको बानी कस्तो हुन्छ भने डण्डिफोर देखियो भने चलाउने वा कोट्यायर रगत निकाल्ने । त्यसो गर्नु धेरै हानिकार हुन्छ । यसरी डण्डिफोरलाई चलाउनु हुँदैन ।

(ख) लामो समयसम्म डण्डिफोर आइरह्यो भने चिकित्सकसँग सल्लाहा गरी औषधी सेवन गर्नुपर्दछ ।


(ग) यसलाई हातले छोयो भने संक्रमण फैलिने हुँदा हातले छुनु हुँदैन ।

(घ) चिल्लो खानेकुरामा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुका साथै हरियो सागसब्जी बढी खानुपर्दछ ।

घरेलु उपचार

१. फिटकिरीको आधा चम्चा धुलोमा त्यति नै मात्रामा कागतीको रस तथा उत्तिकै पानी मिसाएर अनुहारमा लगाउनले पनि डण्डिफोर कम हुन्छ ।

२. घिउकुमारीको रस अर्थात एलोबेराको रसले पनि डण्डिफोर हटाउन मद्दत गर्छ ।

३. डण्डिफोर आएको ठाउँमा घिउकुमारीको रस दलेर २० मिनेटपछि सफा पानीले धोएमा डण्डिफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. Berberis aquifolium Q 10 थोपा दिनमा ३ पटक पानीमा राखेर खाने दण्डिफोर हटाउनुको साथै बाल समेत लामो बनाउदछ ।

नोट : दण्डिफोर आएको भए डाक्टरको परामर्शमा उपचार गर्दा राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पायल्स र यसको उपचार

टाउको दुख्नुका कारण र उपचार

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

सास गनाउने समस्या र यसको उपचार

दाँतको रोग र उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!