खानपान

सुन्तलाको महत्व

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ  ।

सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ ।

बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।

बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ । भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ ।

दिनहँु सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!