राष्ट्रिय समाचारसूचना प्रविधि

नेपाल टेलिकमको फेस्टिवल अफर

भाद्र १६, २०७३ ।

नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले रु ४० मा पाँच सय एमबी सात दिनका लागि र रु ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी (अङ्ग्रेजीमा) र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी(अङ्ग्रेजीमा) लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । रासस

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!