स्वास्थ्य

फ्याटीलिभरको लक्षण

ननअल्कोहलिक फ्याटीलिभरका बिरामीमा प्रायः लक्षण देखिँदैन । केही व्यक्तिमा पेटको दाहिने माथिल्लो भागमा अप्ठ्यारो महसुस हुनु यसको मुख्य लक्षण हो । करीब ७५ प्रतिशत जति व्यक्तिमा कलेजो ठूलो हुने लक्षण देखिन्छ । ल्याब परीक्षण गर्दा लिभर इनजाइम एएलटी र एएसटी बढेको देखिन्छ । रोग बढ्दै गएर फाइब्रोसिस हुने र केहीलाई लिभर सिरोसिस हुन लागेको भए एएलटी र एएसटी कम हुन्छ ।

अल्ट्रासाउण्ड, सिटिस्क्यान, एमआरआईजस्ता रेडियो इमेजिङ टेक्नोलोजीबाट ननअल्कोहलिक फ्याटीलिभर पत्ता लगाउन सकिन्छ । आजभोलि फाइब्रोस्क्यान प्रविधिबाट कलेजोको कडापन मापन गरेर फाइब्रोसिसको अवस्था निर्धारण गर्ने गरिन्छ । हाम्रो देशमा पनि काठमाडौंको  सेन्टर फर लिभर डिजिजमा यो सुबिधा उपलब्ध छ । जुन परीक्षणको मद्दतले ननअल्कोहोलिक लिभरका बिरामीलाई फाइब्रोसिस तथा सिरोसिस् हुनबाट समयमै बँचाउन सकिन्छ ।

लिभर वायोस्पी गरेर कलेजोको सुजन तथा फाइब्रोसिसको अवस्था पत्ता लगाउन सकिन्छ । तर यो इन्भेसिभ प्रविधि भएकोले फाइब्रोस्क्यान भन्ने प्रविधिले आजभोलि यसलार्ई विस्थापित गरेको छ ।

 साभार : डा दिलिप शर्मा, कलेजो रोग बिशेषज्ञ, वीर अस्पताल , स्वास्थ्य खवरपत्रीका, प्रकाशित मिति:२०७२ चैत १५ गते 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!