स्वास्थ्यहेल्थ टिप्स

फ्याटीलिभरको उपचार र रोकथाम

उपचार

फ्याटीलिभरको खास कुनै उपचार छैन । सर्वप्रथम के कारणले रोग शुरु भएको हो, त्यो नै  बन्द गर्नेतिर लाग्नुपर्छ । जस्तै रक्सीले गर्दा हो भने रक्सी पिउनै बन्द गर्नुपर्ने हुन्छ । घरमा बसेर आराम बढी गर्नु हुँदैन । आफ्नो जीवनशैली परिवर्तन गर्नु नै यो रोगको मुख्य उपचार हो ।

चिकित्सकीय उपचारका क्रममा चाहिँ हामी उर्सोडेक्सिकलिक एसिड, ओमेगा ३, फ्याटीलिभर एसिड तथा स्टाटिनहरु प्रयोग गर्दा फ्याटीलिभरमा सुधार आउँछ । अल्कोहोलिक फ्याटीलिभरका बिरामीमा राम्रो र तागतिलो  खाना सँगसँगै भिटामिन बीको प्रयोग, मिनरल्स तथा ट्रेस इलिमेन्ट्स्को प्रयोग गर्नाले फाइदा हुन्छ ।

रोकथाम

–    स्वस्थ जीवनशैली अपनाउने
–    फ्याटीलिभरका बिरामीहरुले रक्सी सेवनविल्कुलै नगर्ने
–    गुलियो, बिशेष गरी सोडा तथा प्रिजरभेटीम भएका खाना नखाने
–    नियमित रूपमा शारीरिक व्यायाम गर्ने
–    ठिक मात्रामा मात्र खाना खाने

जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याटीलिभर ठीक हुन्छ । फ्याटीलिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पु¥याउँदैन । तर शुरुमै सतर्कता अपनाइएन र सिभिएर फ्याटीलिभर भएका व्यक्तिले रक्सी सेवनलाई निरन्तरता दिए ज्यानसमेत जान सक्छ ।

यसर्थ कलेजोका गम्भीर रोग लिभर सिरोसिस र कलेजोको क्यान्सर हुन नदिनका लागि शुरुमा फ्याटीलिभर देखिएका व्यक्तिले सचेत भई चिकित्सकीय सहयोग र जीवनशैलीमा आमूल परिवर्तन गर्नु जरुरी देखिन्छ ।

 फ्याटीलिभरका बिरामीले ध्यान दिनुपर्ने कुरा

– दिनमा ३ किलोमिटर वा ३० मिनेट छिटोछिटो हिड्ने
– तारेको, फ्राइ गरेको, बोसो र घिउ नखाने
– रक्सी, वियर र वाइन नखाने
– तौल कम गर्ने
– गुलियो कम गर्ने

 साभार : डा दिलिप शर्मा, कलेजो रोग बिशेषज्ञ, वीर अस्पताल , स्वास्थ्य खवरपत्रीका, प्रकाशित मिति:२०७२ चैत १५ गते 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!