विज्ञान जिज्ञासा

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ?

महिलाको दाह्री जुँगा किन आउदैन ? केटीहरुहरुलाई दारी नपालेका भन्दा दारी पालेका केटा बढी मनपर्छ । त्यसो त आजकलका केटाहरुको पनि दारी पाल्ने फेसन नै भइसक्यो । केटाहरुले आजकल झप्प पारेर दार्ही पाल्ने चलन आएको छ । दार्ही पाल्दा खेरि आफ्नो छुट्टै आकर्षण रहने प्राय: केटाहरुमा रहदै आएको छ । केटीहरुहरुलाई प्रभावित पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । हामीले देखिआएको तथ्य हो, पुरूषहरूको दाह्री जुगाँ आएको हुन्छ यद्यपी महिलाहरूको हुदैन । तर पनि अपवादमा केही केही महिलाहरूको पनि दाह्री जुँगा आएको देखिन्छ । यसरी पुरूषमा दाह्री जुँगा आउने तर महिलामा नआउने कसरी हुन्छ त ?

मानिसको उमेर बढ्दै गएपछी कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्दछ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरूमा र केटीहरूमा भिन्नाभिन्नै प्रकारको रस/हार्मोन पैदा गर्दछ । जसलाई क्रमशः पुरुष हार्मोन – एन्ड्रोजिन र महिला हार्मोन – ओइस्ट्रोजिन भनिन्छ । एन्ड्रोजिनले दाह्री जुँगा र शरिरमा रौँ को विकास गर्न मद्दत गर्दछ । तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजिनले तालुको कपाल बढाउन मद्दत गर्छ तर दाह्री जुँगा शरीरको रौं भने बढ्न दिदैन । यसैले स्त्री जातिमा दाह्री जुँगा आउदैन तर पुरूषहरूमा आउदछ ।

यो पनि पढ्नुहोस्   

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

दाह्रीजुँगा पाल्नुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!