अन्तर्राष्ट्रिय समाचारसमाचारसूचना प्रविधि

खुसीको खबर अर्को फेसबुक प्रयोगकर्तालाई

– एजेन्सी । खुसीको खबर अर्को फेसबुक प्रयोगकर्तालाई !

 फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । फेसबुकमा सन २०१० जुलाईसम्म झन्‍डै ५०,००,००,००० जनाले एकाउन्‍ट खोलिसकेका छन् ।

फेसबुकले त्यसलाई लक्षित गरी नयाँ नयाँ डिजाईनहरु ल्याएर प्रयोगकर्ताहरुलाई सहज बनाइरहेको छ । यस्तै पछिल्लो समयमा फेसबुकले नयाँ होमपेज ल्याएको छ । साथीहरुसँग फेसबुकमा कुरा गर्नुका साथै आफ्नो उत्पादनको मार्केटिङसमेत गर्न सकिनेछ । फेसबुकले होमपेजमा बदलाब गर्दै सेल अब फेसबुक, अनलाईन र इन पर्सन नामका पेज निकालेको छ र अहिले १४ दिनको फ्रि ट्रायल दिएको छ । हाल यो फैसला जोड्ने वा नजोड्ने भन्ने फैसला गर्न भने प्रयोगकर्तालाई नै दिइएको छ । अब नयाँ पेजबाट आम मानिसहरुले आफ्ना उत्पादनको मार्केटिङ गर्न सक्नेछन् साथैं आफ्ना साथीहरुको माध्यमबाट ग्राहक खोज्न समेत पाउनेछ । फेसबुकमा तपाईको अनलाईन इमेल आइडी हालेपछि यो रजिस्ट्रेशन हुनेछ । यसमा अन्य सामाजिक सञ्जालहरुमा जोड्ने सुविधा समेत राखिएको छ ।

फेसबुकमा कुनै समाचारको लिंक, तस्वीर, गीत आदि महत्वपूर्ण सामग्री सेभ गरेर राख्न सजिलो थिएन । यद्यपी अब फेसबुकले यो असजिलो फुकाइदिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि यस्तो नयाँ फिचर ल्याउँदैछ, जसका माध्यमबाट आफूलाई मनपरेको सामग्री सेभ गरेर चाहेको बेला पढ्न वा हेर्न सकिन्छ । फेसबुकले परीक्षण गरिरहेको ‘सेभ’ फिचर केही प्रयोगकर्ताको न्युज फिडमा देखिएको छ, जसअनुसार प्रयोगकर्ताले कुनैपनि लिंक सेयर गरे वा कमेन्ट तथा लाइक गरे त्यस्तो पोष्ट मुनी सेभ अप्सन देखिने छ । उक्त आर्टिकल सेभ गरेपछि दायाँपट्टीको कोलममा गएर बस्नेछ । मोबाइल र डेस्कटप दुवै भर्सनमा प्रयोग गर्न मिल्ने यो सुविधा अन्र्तगत सेभ गरिएका सामग्रीहरुको सूची पनि उपलब्ध हुने छ । फेसबुकले चुपचाप परीक्षण गरिरहेको यो फिचर कहिलेदेखि लागु हुनेछ भन्ने कुरा भने बताइएको छैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!