राष्ट्रिय समाचारसमाचारसूचना प्रविधि

प्रविधिमा सबै वर्गको पहुँच वृद्धि गर्न भोलिदेखि राजधानीमा राष्ट्रिय सम्मेलन

चैत्र १५, काठमाडौं । प्रविधिमा सबै वर्गको पहुँच वृद्धि गर्न भोलिदेखि राजधानीमा राष्ट्रिय सम्मेलन ! प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन हो। आदि कालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ।

द्रूत गतिमा विकास भइरहेको प्रविधिमा सबै वर्गको पहुँच वृद्धि गर्न भोलिदेखि राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपालमा प्रविधिमा न्यायको क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा आयोजना गर्न लागिएको सम्मेलनको उद्देश्य प्रविधिमा सबैको समान पहुँच गराउने वातावरण बनाउनु रहेको आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। शिखर सम्मेलनबाट प्रविधिको प्रयोग र गरिबि न्यूनिकरणमा त्यसले खेल्न सक्ने भूमिकाको बारेमा बहुमूल्य बिचार, अनुभव तथा चुनौतीबारे छलफल हुने कार्यक्रम छ।

विशेषगरी चार क्षेत्र- कृषि, खाद्य सुरक्षा तथा वायोटेक्नोलोजी, खानेपानी तथा सरसफाइ, प्रकोप न्यूनीकरण तथा जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, यातायात तथा पूर्वाधार विकास र प्राविधिक शिक्षा तथा सूचना सञ्चार प्रविधिको प्रयोगमा केन्द्रित भएर कार्यक्रम सञ्चालन हुनेछ। यी चार क्षेत्रमा समानान्तर चल्ने सत्रमा विशेषज्ञहरूले कार्यपत्रहरू प्रस्तुत गर्नेछन्। सम्मेलनमा विभिन्न प्रकारका प्रविधिमा गरिब तथा सीमान्तकृत वर्गको पहुँच बढाउन विभिन्न प्रकारमा गतिबिधिहरू सञ्चालन हुने र ‘प्रविधिमा न्याय’ विषयमा एक उपयोगी दस्तावेज तयार हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!