स्वास्थ्य

फुड पोइजनिङको लक्षणहरु र उपचार

दुषित भोजन गर्दा लाग्ने रोग नै फुड पोइजनिङ हो । हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ । हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ ।

खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ । खानाको विषाक्तताको लक्षण प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारमा निर्भर हुन्छ । यसका लक्षणहरू ३० मिनेटभित्र वा विस्तारै केही दिन वा हप्तामा देखिन सक्छ । यसको मुख्य लक्षणहरू यस प्रकारका छन् ।

लक्षणहरू

१. वाकवाक लाग्नु
२. दिसा लाग्नु
३. बान्ता हुनु
४. पेट दुख्नु
५. ज्वरो आउनु

सामान्यतया: खानाको विषाक्ततामा घातक हुँदैनन् र २४ देखि ४८ घन्टाभित्रमा निको हुने गर्दछ । ब्याक्टेरियाले दुई फरक तरिकबाट खानाको विषाक्तता गराउन सक्छ । केही ब्याक्टेरियाले पेटमा असर गरी खाना अपच तथा दिसा लाग्ने गराउँंछ र अन्य प्रकारका ब्याक्टेरियाले खानामा रसायन उत्पादन गर्दछ जुन मान्छेको पाचन प्रणालीको लागि विषादी हुन्छ । धेरैजससो खानाको विषाक्तताको समस्याहरू विभिन्न भाइरसको संक्रमणले गर्दा हुने गर्दछ ।

यो नोरोभाइसले स्टोम्याच फ्लु गराउँछ जसले गर्दा वाकवाक लाग्ने, बान्ता हुने, पेट दुख्ने, दिसा लाग्ने टाउको दुख्ने र सामान्य ज्वरो आउने गर्दछ । यो रोटाभाइरसले साधारणदेखि घातक बिरामी पार्दछ जसले वाकवाक लाग्ने बान्ता, पानीजस्तो दिसा हुने र ज्वरो आउने हुन्छ । बच्चाहरूमा खानाको विषाक्तता हुनुको मुख्य कारण रोटाभाइरस नै हो र यो तुरुन्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा दिसाको माध्यमबाट सर्छ ।

परजीवीहरूले खानाको विषाक्तता धेरै कम मात्रामा गराउँछ । प्रशोधन नगरेको पानी वा फोहोर पानीको प्रयोग गर्दा परजीवी पनि हाम्रो शरीरमा प्रवेश गर्छ र लामो समयसम्म यसको लक्षणहरू देखाउँछ । टोक्सिक एजेन्ट विषादीबाट धेरै कम मात्रामा खानाको विषाक्तता हुने गर्दछ । यसले गर्दा हुने खानाको विषाक्तता प्रायः गलत खाद्यान्नको प्रयोगले हुन गर्दछ । जस्तै च्याउ दुई प्रकारको हुन्छ । एउटा विषादी च्याउ हुन्छ भने अर्को खाने च्याउ ।

विषालु च्याउको प्रयोगले गर्दा वाकवाक लाग्ने, दिसा लाग्ने, बान्ता हुने, पसिना आउने, काप्ने र अचेत समेत हुनसक्छ । यसरी विषालु च्याउको प्रयोगले मानिसको ज्यान नै जोखिममा पार्न सक्छ । साइन एन्ड टेस्ट स्वास्थ्य परीक्षकले खानाको विषाक्तताको लक्षण पेट दुखेको र शरीरमा पानीको मात्र कम भएको आधारमा पत्ता लगाउँछन् । स्वास्थ्य परीक्षकले रगत, दिसा, बान्ता अथवा खाएको खानेकुराको परीक्षण गरेर खानाको विषाक्तताको प्रमाणित गर्छन् । तर यो परीक्षणले खानाको विषाक्तता भएको प्रमाणित नहुन पनि सक्छ ।

उपचार

प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ । उपचारको मुख्य उद्देश्य शरीरमा पानीको मात्रा कम हुन नदिनु हो । दिसा हुन्जेल ठोस खानेकुराहरू नखाने, दुग्ध पदार्थहरूबाहेक अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने, बच्चाहरूलाई जीवनजल खुवाउने, यदि विषादी खानेकुराहरू (च्याउ/माछा) खाइएको छ भने तुरुन्त चिकित्सालाई देखाउनुपर्दछ । चिकित्सकले विभिन्न उपायहरू अपनाएर शरीरमा भएको विषादीलाई तुरुन्त बाहिर निकाल्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

किन र कसरी हुन्छ फुड पोइजनिङ ?

होशियार दुधसँग कहिल्यै पनि नखानुहोस् यी खानेकुराहरु

सावधान ! यी खानाहरु खाँदा मानिसको तत्काल मृत्यु हुन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!