खानपान

किन र कसरी हुन्छ फुड पोइजनिङ ?

दुषित भोजन गर्दा लाग्ने रोग नै फुड पोइजनिङ हो । हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ । हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ ।

यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ । खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ । खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ ।

के कारणले हुन्छ फुड पोइजनिङ ?

१. राम्रोसँग हात नधोई खाना बनाएमा,
२. खाना बनाउँदा प्रयोग हुने समानहरू सफा नभएमा,
३. लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,
४. प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,
५. राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,
६. राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,
७. इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।

विशेषगरी गर्भवती वा दूध खुवाउने आमाहरूले खानाको विषाक्तताको रोकथाम गर्नुपर्दछ । खानाको विषाक्तताको जोखिम प्रायः बूढाबूढी र बच्चाहरूमा हुने गर्दछ । यदि हामीमा गम्भीर स्वास्थ्यस्थिति जस्तैः मिर्गौला सम्बन्धी रोग, मधुमेह र कम प्रतिरोधात्मक क्षमता छ भने खानाको विषाक्तताको जोखिम हामीमा पनि हुन सक्छ ।

यो पनि पढ्नुहोस् 

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

होशियार दुधसँग कहिल्यै पनि नखानुहोस् यी खानेकुराहरु

सावधान ! यी खानाहरु खाँदा मानिसको तत्काल मृत्यु हुन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!