धर्म-सस्कृति

श्रीरामचरितमानसको अनुसार यस्ता ४ व्यक्तिसँग कहिलै धन टिक्दैन

श्रीरामचरितमानस अवधि भाषाको एक रामायण महाकाव्य हो जसलाई गोस्वामी तुसलसी दासले १६ औं शताब्दीमा रचना गरेका थिए । श्रीरामचरितमानसलाई भारतको संस्कृतिमा एक महत्वपूर्ण स्थान प्राप्त छ । यसमा भगवान् श्रीरामलाई सर्वशक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ भने उही वाल्मीकीय रामायणमा श्रीरामलाई सामान्य मनुष्य भनिन्छ । श्रीरामचरितमानसमा श्रीरामलाई सर्वशक्तिमान हुँदाहुँदै पनि मर्यादा पुरुषोत्तम रहेको उल्लेख छ । यसलाई असोज महिनाको नवरात्रिमा पूरा नौ दिन सम्म अनवरत पाठ गरिन्छ ।

यस दुनियामा हरेक व्यक्तिलाई धनी बन्ने चाहना हुन्छ । हरेक व्यक्ति बढी भन्दा बढी पैसा कमाउन चाहन्छ, जसको लागि उसले अधिक मेहेनत पनि गर्छ तरपनि कुनै न कुनै कारणले पैसा कमाउन सक्दैन । केही मानिस निकै मेहेनत गरेर पैसा कमाउँछन् तर पनि उनीहरूसँग पैसा टिक्दैन । आज हामी केही यस्ता मानिसको बारेमा चर्चा गर्दैछौँ, जुन मानिसहरूलाई सधैँ पैसाको कमी रहन्छ । यी ति मानिस हुन्, जो कहिलै धनी बन्न सक्दैनन् ।

१. गलत जीवनसाथी

यदि जीवनमा कोही गलत मानिसको प्रवेश भएमा तपाईको जीवन अवश्य खराब हुन्छ । तपाईको जीवन बर्बाद हुने निश्चित हुन्छ । श्रीरामचरितमानसको अनुसार जसले आफ्नो साथीलाई धोका दिन्छ, ती मानिसहरूलाई जीवनभरि पैसाको कमि रहन्छ ।

२. लालची गर्नु

जो व्यक्ति सधैँ धनको लोभ गर्छ, उसलाई सधैँ पैसाको कमी रहन्छ । श्रीरामचरितमानसमा भनिएको छ कि जो मानिस धनको पछाडी भाग्छ, उनीहरू कहिलै धनी हुन सक्दैनन् ।

३. बढी घमण्ड गर्नु

हामीले कहिलै कुनै पनि चीजको घमण्ड गर्नु हुँदैन । सधैँ दोस्रो व्यक्तिलाई सम्मान गर्नुपर्दछ । श्रीरामचरितमानसको अनुसार जो व्यक्ति आफूलाई सधैँ अरू भन्दा बढी समझदार ठान्दछ, उसलाई सधैँ पैसाको कमी रहन्छ र यस्ता मानिस कहिलै धनी हुन सक्दैनन् ।

४. नशायुक्त पदार्थको सेवन

यो सबैलाई जानकारी भएकै कुरा होकी जुन मानिसलाई नशायुक्त पदार्थको लत लागेको हुन्छ, उनीहरूको जीवन नष्ट हुन्छ । यस्ता व्यक्तिप्रति कहिलै लक्ष्मीको कृपा रहँदैन ।

यो पनि पढ्नुहोस् 

मर्यादा पुरुषोत्तम श्रीराम

रामनवमी र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!