यसरी गर्नुहोस् ! ग्याष्ट्रिकको प्राकृतिक उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

ग्याष्ट्रिकको प्राकृतिक उपचार । ग्याष्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटीस हो । ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जिब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्नपुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लगाईन्छ ।

चिकित्सकीय भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर दुख्नु)लाई ग्याष्ट्राईटीस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेष्मा झिल्लि च्यातियर घाऊ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप । ग्याष्ट्रिकको प्राकृतिक उपचार यसरी गर्नुहोस् ।

व्यायाम तथा प्राकृतिक उपचार

१. अङ्गव्यायम, रिढव्यायम, शिथिलीकरण व्यायम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगअभ्यास, सुर्य–नमस्कार जस्ता व्यायमविधि ग्याष्ट्राइटिसमा स्वास्थ्यकर छन् ।

२. बज्राशन, पवनमुक्ताशन, सर्वाङ्गआसन, मत्स्यन्दासन, भुजङ्गासन, उदारकर्शासन र धनुरासन, ताडाशन र त्रियकताडाशन जस्ता आशनविधि, अनुलोमविलोम, सितली, सित्करी, बामनाकिा जस्ता श्वसनविधिले पनि यस रोगमाफाइदा पु¥याउदछ तर रोगको अवस्थातिव्र छ भने यी विधिहरुको प्रयोग गर्न हुदैन ।

३. जलनेती (नाकको सफाई) कुन्जल (पेटको सफाई), एनिमा (ठुलो आन्द्राको सफाई), संखप्रक्षालन (सम्पुर्ण पाचन प्रणालीको सफाई) जस्ता उपचार पद्दतिले ग्याष्ट्राइटिस समनमा ठुलो सहयोग पुर्याउछ ।

४. पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो–हेपेटिक–प्याक, नौलितथा गणेश क्रियाको अभ्यास र अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्याष्ट्राइटिसमा राम्रो गर्छ ।

बिश्राम व्यवस्थापन

१. ग्याष्ट्राइटिस, तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर,चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन ग्याष्ट्राईटीस निवारणको कडी हो ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक(एभ्त्), सेल्फ–मेनेजमेन्ट–अफ–एक्सेसिभ–टेन्सन (PRT), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक(DRT), क्विक–रिल्याक्सेसन–टेक्निक (QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले पनि बिश्रामलाई बढाउँछ ।

साबधानीहरु

१. दुखाई कम गर्ने तथा अन्य दवाईहरु चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।

२. माथि बताईएका लक्षणहरु देखा पर्न गए चिकित्सकसँग आवश्यक परामर्श लिऔं ।

३. ग्याष्ट्रिकको उपचार गर्दाचिकित्सकले दिएको औषधी पुर्णरुपले खाने गरौं ।

४. कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरुले रोगको हेरचाहमा सावधानी अपनाऔं ।

५. पेटको तथा छातीको अप्रशेन गर्दा ग्याष्ट्रिक हुने सम्भावना ज्यादा रहने हुँदा सावधानी अपनाऔं ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!