धर्म-सस्कृति

जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो ! हजुर व्यवसायी हुनुहुन्छ । लाख काेसिस गर्दा समेत सफल हुन सक्नु भएको छैन भने आज मैले एउटा फार्मुला दिन गईरहेको छु । अपनाएर हेर्नुहोस् नसोचेको सफलता हात लाग्नेछ । मैले धेरै पटक अनुभव लिई सकेको छु ।

भनौं हजुर व्यापार त गर्नुभयो तर बिक्री छैन भनेपनि गार्हो हुन थाल्दछ । व्यापार बढोस भन्ने चाहना भएकाहरूले यसो गर्नुहोला । दैनिक व्यापार बढ्नुको साथै धनको बचत बढ्न गई जीवन सफल हुनेछ । घरमा शान्तिले बास गर्नेछ । लक्ष्मीको आगमन हुन थाल्नेछ ।

यो शुद्ध तान्त्रीक क्रिया हुनाले यसलाई गलत नसम्झनु होला । यो प्रयोग गरिसकेपछि त्यो स्थानमा नहेर्नुहोला नत्र अर्थको अनर्थ हुनेछ । यो योगको कृपाले गरिब पनि धनी भएका छन् । यसको अर्को पक्ष भनेको कसैले व्यापारमा नजर लगाई दिएको छ भने पनि यसको प्रभावले हटाउदछ ।

प्रयोग गर्ने तरिका जानौं

१. शुक्ल पक्षको आइतबारबाट यो काम सुरू गर्नुहोस् । हरेक आइतबार दोहराउनु पर्नेछ । घर होस् या व्यापार स्थलको कुनामा गंगाजलले धुनुहोस् र हलेदोको स्वस्तिक बनाउनुहोस् र चनाको दाल र गुड राखेर छोड्नुस त्यहाँ फर्केर नहेर्नुस सफलताले हजुरको सुखका दिन सुरू हुनेछन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

सफलताको तान्त्रिक रहस्य

सोमबारका यी पाँच काम गरेमा पुरा हुनेछ मनोकांक्षा

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!