साहित्य-कला

गजल

म सोच्थें दु:ख तस्वीरले बोल्छ,
आज याद भो तक्दीरले बोल्छ ।।

कष्ट रहेछ यात्रा पनि जसरी,
दु:ख र दर्द मूसाफिरले बोल्छ ।।

आजादी त्यो हो जसको अर्थ,
निबद्ध रहेको जन्जीरले बोल्छ ।।

समस्त भोग हुँदैन जीवनमा,
त्यो त संतप्त अमीरले बोल्छ ।।

हिसाब हो यात्राको भोगाइ,
बोधले भन्छ शरीरले बोल्छ ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!