साहित्य-कला

चिया बोटमा साइली दिदीहरु

तिमीले चियाको बोट देख्यौ
त्यसको वरिपरि वातावरण देखेर रमायौ
त्यहाँनेर फोटो खिच्यौ
आनन्दित भयौं त्यो अनुपम
दृश्यहरु देखेर तर ,
साँइली दिदीका गुनासा पिडाहरु
कसैले देखेनन्
कसैले सुनेनन्
कति मन दुखाएर चिया
टिप्दी हुन् कति रुदी हुन्
चियाका बोटहरुमा साइली दिदीहरु
तिमी त केवल
खुसी भयौं आफ्ना पिडाहरु भुल्यौ
चियाका बोटहरुमा जोबन साट्यौ
माया लगायौ तर साइली दिदीको
आँखामा आँसु कसैले देखेनन्
पुछेनन्
त्यो झुत्रो र मैलो लुगा लगाएर
पाखा पखेरामा बसेर आफ्ना
लोग्नेको याद गर्दी हुन चियाका बोटहरुमा बसेर
साइली दिदीहरु हो ,
आज म सम्झना गरिरहेको छु
चियाबारीमा बसेर तैपनि
हाँसीरहेका छन्
चियाबारीमा लै बरि लै
भन्दै भुल्छन आफूलाई डोको नाम्लोमा
यहीमा उनीहरुको दिनचर्या हुन्छ
म हेर्दैछु उनीहरुलाई
मनमा दुख भएपनि हाँस्छन
खुसी बाड्छन एक अर्काको लागि
मुटु काम्ने जाडोहरुमा
साइली दिदीहरु त्यहाँनेर
बाँचीरहेका छन् ।।

*अमित संग्रौला युवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!