खानपान

चिया र यसका प्रकारहरु

पानीपछि धेरै पिइने चिया नै हो । सबै चिया ‘क्यामेलिया सिनेसिस’ नामक चियाको बोटबाट तयार गरिन्छ। तर विश्वभरमा चियाको हजारौ प्रकार पाइन्छ। चियाको बोट ठाउँ अनुसार फरक फरक हुन्छ। कुन समयमा चियाको पात टिपिन्छ त्यसले पनि चियाको प्रकारमा फरकपन आउँछ। साथै चियाको पातबाट चियापत्ति बनाउने प्रक्रियाले चियाको गुणस्तर, प्रकार अनि स्वादमा फरकपन ल्याउँछ। यी प्रत्येक चियाको स्वास्थ्यमा आफै खालको प्रभाव हुन्छ ।

चिया जति कम प्रसोधन गरिन्छ, त्यति नै त्यसमा ‘एन्टीअक्सिडेन्ट’ बढी पाइन्छ । त्यसको मतलब ग्रीन टीमा ब्ल्याक टी भन्दा बढी एन्टीअक्सिडेन्ट पाइन्छ । ब्ल्याक टीलाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । त्यसैले चीनले विश्वमा ब्ल्याक टी निकै बेच्न गरेको छ । जहाँ कि चीनमा ग्रीन टी पिउनेको संङ्ख्या बढी छ अनि विश्वमा ब्ल्याक टी पिउने बढी छन् । यहाँ केही बढी प्रयोगमा ल्याइने चियाको बारेमा चर्चा गरिएको छ।

ग्रीन टी

सबैभन्दा चर्चित चियामा पर्छ ग्रीन टी। विश्वमै हेर्ने हो भने एसियामा निकै पिइन्छ यो चिया। केही ग्रीन टीहरु फुल अनि फल संग मिश्रण गरि तयार पनि गरिएको हुन्छ, जसले यसको वासना निकै मिठो बनाउँछ।

ब्ल्याक टी

हामीले सानै देखि पिउँदै हुर्केको चिया हो, ब्ल्याक टी। यो चिया अन्य भन्दा कडा स्वादको हुन्छ। दुध र चिनी मिसाएर पनि यसलाई पिउने गरिन्छ।

हर्बल टी

हर्बल टी मात्र यस्तो चियाहो जसमा ‘क्यामेलिया’ प्रजातीका विरुवाको पात प्रयोग हुदैन। हर्बल टी पनि तीन प्रकर को हुन्छ।

१. रोइबोस टी

२. मेट टी

३. हर्बल इन्फ्युजन

रोइबोस टी

दक्षिण अफ्रिकामा पाइने विशेषखालको रातो विरुवाबाट यो चिया तयार गरिन्छ। यसलाई ‘रेड टी’ को नामले पनि चिनिन्छ। फरक स्वादमा पाइने यो चियाको स्वाद निकै मिठो मानिन्छ।

मेट टी

कफिको जस्तो स्वाद हुने भएकाले कफि मनपराउने मानिसले पनि यो चिया मनपराउने गर्छन्। अर्जेन्टीनामा पाइने विशेष जंगली विरुवाले यो चिया बन्छ । मिठो स्वाद अनि बास्नाको लागि यो चिया प्रख्यात छ।

ह्वाइट टी

सेतो चिया सबैभन्दा सुद्ध अनि कम प्रसोधन गरिएको चियामा पर्छ । यसको रंग हल्का हुन्छ अनि मन्द बासना हुन्छ । यो चिया स्वाद र प्राकृतिक मिठासको लागि चर्चित छ ।

उलङ टी

यो चिया विशेष गरी चीनमा प्रचलिन छ । (oolong tea) चीनका रेस्टुरेन्टहरुमा बढी प्रयोग गरिन्छ ।

यो पनि पढ्नुहोस्

रातो चिया पिउनुको फाइदा

किन कालो चिया नै खाने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!