खानपान

चिया कफीमा पाइने क्याफिनका फाइदाहरु र बेफाइदाहरु

चिया र कफी दुवैमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरिरका लागि हानिकारक तथा फाइदाजनक दुवै हुन्छ । धेरै मानिस चिया वा कफीका शौखीन हुन्छन् भने कतिपय मानिसलाई चिया वा कफीमध्ये एक चीज मात्र मनपर्छ ।

चिया कफी पिउँदा हुने राम्रा र नराम्रा पक्षको विषयमा धेरै अघी देखि नै चर्चा हुँदै आएको छ । तर यसबाट बढी फाइदा हुन्छ कि घाटा भन्ने चाँहि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन । यहाँ चियाँ कफी खानुका फाइदा र घाटाबारे चर्चा गरिएको छ । चिया कफीमा पाइने क्याफिनका फाइदाहरु र बेफाइदाहरु यस प्रकार छन् ।

क्याफिनका फाइदाहरु

१. मस्तिष्कलाई सक्रिय राख्छ र फ्रेस अनुभव भैरहन्छ

२. केही समयको लागि थकान समेत मेटाउँछ

३. सामान्य टाउको दुखाइमा समेत चिया कफी पिउनु राम्रो मानिन्छ

४. दम हुने विरामीले पनि चिया कफी खाँदा फाइदा हुन्छ

५. चियामा हुने ट्यानिन भाइरसलाई मार्न उपयोगी हुन्छ

६. चियाले शरीरमा हुने कोलेस्ट्रोललाई कम गर्छ

७. ब्ल्याक वा ग्रिन टी क्यान्सरबाट बचाउँन उपयोगी मानिन्छ

८. यसले मुखबाट निस्किने दुर्गन्ध पनि कम गर्छ

९. कफी पिउँदा अल्जाइमर, कलेजोको समस्या, पार्किन्सन र टाइप-२ डाइबिटीजको जोखिम समेत कम हुन्छ ।

क्याफिनका बेफाइदाहरु

१. कफिनले शरीरमा उर्जको मात्रामा प्रभाव पर्छ । शुरुमा उर्जा दिएको जस्तो लागेपनि दीर्घकालमा यसले उर्जामा नकारात्मक असर गर्छ र थकान महसुस हुन्छ ।

२. बढी क्याफिनको मात्र भयो भने शरीरमा कोलेष्ट्रोलको मात्रा बढ्छ । चार कप कफी पिउँदा शरीरमा कोलेष्ट्रोलको मात्रा ५ प्रतिशत सम्म बढ्छ ।

३. चाहिने भन्दा बढी क्याफिन सेवनले आन्द्रामा एक प्रकारको सतह जम्मा हुन्छ यसले पाँचन प्रणालीमा नकारात्मक असर पर्छ । बढी चिया कफी पिउने ब्यक्तिलाई कब्जियतको समस्या हुन्छ ।

४. चिया कफिको अत्याधिक सेवनले शरीरलाई कमजोर बनाउँछ र रक्तचाप समेत बढ्ने खतरा हुन्छ ।

५. चिया कफी बढी भयो भने एसिडिटी बढ्छ र निद्रा नलाग्ने समस्या हुन्छ । खासमा शरीरमा चिया कफी बढी भो भने मस्तिष्कमै समस्या हुन्छ जसले निद्रा लाग्न दिँदैन ।

६. चिया कफीमा हुने क्याफिनले टाउको दुख्ने र चिट्चिटेपन पैदा गर्छ ।

यो पनि पढ्नुहोस्

रातो चिया पिउनुको फाइदा

किन कालो चिया नै खाने ?

चिया र यसका प्रकारहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!