ज्योतिषशास्त्र

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले बनाउँछ मान्छेलाई धनी

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले मान्छेलाई धनी बनाउँछ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ ।

यो पनि पढनुहोस्

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशीसँग कस्तो हुन्छ ?

हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले जसलाई साथ दिन्छ उही मात्र धनी बन्छ । ज्योतिषशास्त्रमा यस्तो योगलाई यसरी बताइएको छ । यस्तो योग कुनै पनि व्यक्तिको कुण्डलीमा भएमा एक न एक दिन भाग्य चम्केर व्यक्ति धनवान बन्न सक्छ । तपाईको जन्म कुण्डलीमा पनि यस्तै योग छ कि ?

ज्योतिषशास्त्रका अनुसार जसको जन्म कुण्डलीमा बुध कन्या वा मिथुन राशिमा पाचौं घरमा र मंगल एवं चन्द्रमा एघारौं घरमा हुन्छ, उसको कुण्डलीमा धन योग बन्छ र सो व्यक्ति धनवान बन्न सक्छ साथै धेरै मात्रामा धन सञ्चय गर्न पनि सक्षम हुन्छ ।

शनि महाराज कुण्डलीको पाँचौं घरमा मकर वा कुम्भ राशिमा भएको बेला बुध, मंगलसँग एघारौ घरमा भएमा योग शुभ तथा राम्रो हुन्छ । यस्तै योग कन्या र तुला राशि हुनेको कुण्डलीमा पनि हुन सक्छ ।

मेष राशि भएका व्यक्तिको कुण्डलीमा सूर्य, सिंह राशिमा र मंगलको साथ चन्द्रमा एघारौं घरमा बसेको स्थितिमा धन योग हुन सक्छ । जसको जन्म कुण्डलीमा सूर्य लग्न स्थानमा बसेको छ, अनि पाँचौं वा सातौं स्थानमा गुरु बसेको छ भने सो व्यक्ति धनवान बन्न सक्छ । यस्ता योग भएका व्यक्तिले विवाह पछि झन् उन्नती गर्दछन् ।

Like & Follow us on Facebook

शनि कुम्भ वा मकर राशिमा पहिला, चौथो, पाचौं तथा सातौं स्थानमा भएमा आर्थिक दृष्टिले शुभ मानिन्छ तर सातौं घरमा बसेको शनिले वैवाहिक जीवनमा भने असर गर्न सक्छ ।
जसको कुण्डलीमा शुक्र तुला वा वृष राशिमा बसेको हुन्छ र गुरु धनु वा मिन राशिमा भएमा शुभ लक्षण मानिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!