खानपान

चिया कफी पिउनुका फाइदाहरु र बेफाइदाहरु

चिया र कफी दुवैमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरिरका लागि हानिकारक तथा फाइदाजनक दुवै हुन्छ । धेरै मानिस चिया वा कफीका शौखीन हुन्छन् भने कतिपय मानिसलाई चिया वा कफीमध्ये एक चीज मात्र मनपर्छ । कोलोन विश्वविद्यालयका फार्मेसिस्ट र टक्सीकोलोजिस्ट कुनो गुटलरका अनुसार क्याफिनका कारण मुटुको धड्कन बढ्छ । यसले मष्तिष्कमा रगतको मात्रा बढाउने गर्छ जसले मष्तिष्कमा अक्सिजनको मात्रामा बृद्धी गर्छ ।

चिया

चिया पनि थरीथरीका हुन्छन् । कालो, हरियो र कागती चिया खासगरी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्रिन टीले क्यान्सरको खतरालाई कम गर्छ । ग्रिन टी पाउँनाले शरिरको वजन कम हुन्छ । ज्यादा मात्रामा चियाको सेवनले बेफाइदा गर्छ । धेरै चिया खानाले पेटमा ग्याँसको मात्रा बढ्ने गर्छ । दैनिक रूपमा ५-६ कप चिया पिउनु राम्रो हुन्छ ।

कफी

कफी पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर, ज्यादा मात्रामा कफी पिउनु पनि हानिकारक हुन्छ । कफीमा क्याफिन हुन्छ जसले अनिन्द्रा बढाउने गर्छ । दैनिक ३-४ कप भन्दा बढी पटक कफी पिउनु राम्रो मानिदैन ।

चिया कफीका फाइदाहरु र बेफाइदाहरु

१. एन्टी अक्सिडेन्ट

चिया र कफी दुवैमा एन्टी-अक्सिडेन्ट हुने गर्छ । चियामा फ्लेवेनाइड पाइन्छ भने कफीमा क्युनाइन र क्लोरोजेन एसिड पाइन्छ । यी दुवै रसायनले एन्टी-अक्सिडेन्टको काम लगभग उस्तै काम गर्छ । यो एन्टी-अक्सिडेन्ट शरिरबाट फ्रि रेडिक्स निर्मूल गर्छ ।

२. वजन घटाउनका लागि

चिया र कफी दुवैले तौल घटाउनका लागि फाइदाजनक हुन्छ । दैनिक कालो कफी पिउनाले तौल कम गर्न मद्धत गर्छ । यस्तै, अर्कोतर्फ ग्रिन, लेमन, र कालो चियाको प्रयोगले पनि तौल घटाउन मद्धत गर्छ । कफी र चियाले मुटुलाई पनि निकै फाइदा गर्छ । यसमा पाइने एन्टी-अक्सिडेन्टले मुटुको समस्यालाई कम गर्छ । यसले मुटुको कार्य क्षमतालाई पनि बढाउने गर्छ ।

३. क्यान्सरका लागि

कफी र चियाले क्यान्सरको सम्भावनालाई कम गर्छ । चिया पिउनेलाई ब्रेस्ट क्यान्सर हुने निकै कम सम्भावना हुन्छ । कफी पिउनाले लिभर र प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

४. पाचन प्रणालीका लागि

कफीको तुलनामा चिया पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । चिया यदी चिनि र दुध बिना बनाए यसले पेटको लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई निकै फाइदा गर्छ । कफीको अत्याधिक प्रयोगले भोक कम लाग्ने गर्छ । यसले कब्जियतको समस्या बढाउँछ ।

५. क्याफिन

यदी क्याफिनको सेवन कम मात्रामा गरिए फाइदाजनक हुन्छ, तर यसको धेरै प्रयोगले कयौ प्रकारका स्वास्थ्य समस्या पनि हुने गर्छ ।

यो पनि पढ्नुहोस्

रातो चिया पिउनुको फाइदा

किन कालो चिया नै खाने ?

चिया र यसका प्रकारहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!