साहित्य-कला

नआऊ

सधैं जून राम्रो भनेर नआऊ,
उदाए सितारा गनेर नआऊ ।।

बेनामी गराइ पुरेका जति हुन्,
नखोस्र कुनै ती खनेर नआऊ ।।

उँचो चन्द्र छुन्छु भनेको सुनेथें,
बीचै फाट्ने बादल बनेर नआऊ ।।

रुझेर रोएका बिहानी सबै ती,
कहीँ पग्लिझर्छन् सुनेर नआऊ ।।

छिचोलेर जाऊ बरु भीरपाखा,
म थाकेर ढल्छु भनेर नआऊ ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply