जीवनी

लक्ष्मण राजबंशीको जीवनी

पृष्ठभूमि

लक्ष्मण राजबंशी बौद्धिक जनतान्त्रिक परिषद पार्टीका अध्यक्ष तथा सांसद हुनुहुन्छ । उँहा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ । सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हिसावले संसद बैठकको अध्यक्षता पनि गर्नुभयो । दोस्रो संबिधानसभामा उँहा नेपा: राष्ट्रिय पार्टीवाट सांसद हुनु भएको हो । तर पछि उक्त पार्टीको नेतृत्वसंग नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा बैचारिक, सैद्धान्तिक  र राजनीतिक रुपमा फरक मत राखेकोले कुरा नमिलेर उहाँलाई पार्टीवाट निष्काशन गरिएको थियो ।

पारिवारिक पृष्ठभूमि र शिक्षा

लक्ष्मण राजबंशीको जन्म बि.सं. १९९२ साल श्रावण १५ गते काठमाडौं जिल्लाको  का.म.पा.-१६ मा भएको हो । उँहाका बाबुको नाम  स्व. बुद्धिबहादुर राजवंशी र आमाको नाम स्व. पूर्णकुमारी राजवंशी हो । उँहाकी श्रीमतीको नाम शोभना राजवंशी हो । राजबंशीले शिक्षाशास्त्रमा स्नातक तह र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ ।

अनुभव

राजबंशी नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक, विगतमा नेपाल भाषा एकेडेमी–उप–कुलपति,शिक्षाबिद, शिक्षाप्रेमीतथा समाजसेवी,२०४६ सालमा शिक्षामन्त्रीको सल्लाहकार, ५२ वर्षशिक्षण, २८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख, एस.एल.सी. जेलबाट दिनुभयो, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल (४२ वर्ष), आनन्दकुटी बिधापिठमा १० बर्ष प्रधानाध्यापक, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मेलन र गोष्ठीहरुमा सहभागिता, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ ।

जेल जीवन

वि.सं. २००५ राजनीतिमा प्रवेश गरी ६ महिना भूमिगत जीवन, ८ महिना निर्वासन जीवन र पटक पटक गरी २ बर्ष बन्दी जीवन बिताएका राजबंशी मानवधर्मलाई अवलम्वन गर्नुहुन्छ ।

विदेश भ्रमण

अमेरिका, चीन, रसिया, यूयोपका १ दर्जन भन्दाबढी देशहरु, जापान, भियतनाम, अस्टेलिया, कम्बोडिया, तिब्बत लगायतका देशहरुको भ्रमण गर्नुभएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!