लेखहरुविज्ञान

क्यालोरीले धानेको जीवन

Trichandra "Pratiksha"
त्रिचन्द्र ‘प्रतीक्षा’

क्यालोरीले धानेको जीवन । क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलकोको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महìवपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।

मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।

विभिन्न पोषक मतत्वहरूमा अलत-अगल मात्रामा क्यालोरी पाइन्छ । एक ग्राम प्रोटिनमा चार क्यालोरी हुन्छ । एक ग्राम बोसोमा नौ क्यालोरी हुन्छ । मासिनलाई उसको शरीर र क्रियासिलका आधारमा क्यालोरीको आवश्यकता पनि अलग अलग हुने गर्दछ । हामीले एक घण्टा घुम्दा शरीरबाट दुई सय क्यालोरी खर्च हुने गर्दछ । यदि घुम्नुको सट्टा एक घण्टा दौड्ने गर्दछौँ भने शरीरबाट ३९५ क्यालोरी खर्च हुने गर्दछ ।

हामीले दैनिक सेवन गर्ने गरेको खाद्य पदार्थहरू सबैमा धेरै-थोरै क्यालोरी शक्ति हुन्छ । कुन चीजको कति परिमाणमा कति क्यालोरी हुन्छ भन्ने कुरो जानकारी सबैलाई नहुन सक्छ । विभिन्न खाद्य पदार्थमा हुने क्यालोरीको परिणाम यसप्रकार छ ।

हामी जब कुनै खानेकुरा खान्छौँ तब त्यो पाचनथैलीमा पुगेर त्यहाँ पाचन क्रियाद्वारा ताप पैदा हुन्छ । प्रत्येक व्यक्तिका लागि तापको मात्रा फरक फरक हुन्छ । मानिसको उमेर तथा जीउडाल अनुसार त्यो परिवर्तन भइरहन्छ । यसरी तापमा अन्तर हुनु भनेको क्यालोरीको मात्रा अलग अलग हो । उदाहरणको लागि साना बच्च्ाका लागि ५ सय क्यालोरी,जवान महिलाको लागि १३यस क्यालोरी, युवकको लागि १५ सय क्यालोरी तापको आवश्यकता पर्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ ।

जाडो मौसममा क्यालोरीका खपत धेरै र गर्मी मौसममा कम हुन्छ । गर्मीमा हामीलाई त्यत्ति खाना रुच्दैन, जब कि जाडो मौसममा हामीले अपेक्षाकृत धेरै भोजन गर्ने गर्दछौँ । यदि हाम्रो भेजनबाट चार क्यालोरी प्राप्त हुन्छ भने एक क्यालोरी जीवन रक्षामा, एक क्यालोरी हाम्रो क्रियाशिलतामा र एक क्यालोरी पाचन क्रियालाई सञ्चलन गर्नमा खर्च हुने गर्दछ । बाँकी एक क्यालोरीले हाम्रो शरीरलाई तागत प्रदान गर्ने गर्दछ । शरीरलाई प्राप्त हुने फाल्तु क्यालोरी नै बासोको रूपमा एकत्र हुने गर्दछ ।

साभार : त्रिचन्द्र ‘प्रतीक्षा’, मझेरी डट कम/गोरखापत्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!