लेखहरुविज्ञान

संसारमा भएका अनौंठो रुखहरू

Trichandra "Pratiksha"
त्रिचन्द्र ‘प्रतीक्षा’

संसारमा भएका अनौंठो रुखहरू । यस धरतीमा रुख बिरुवाको के कति महत्त्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।

१. सर्वत दिने रुख : अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।

२. दूध दिने रुख :  दक्षिण अमेरिकामा पाइने भेनेजुएला म्याजिक ट्रि (जादूको रुख) नामक रुखले गाई भैंसीको जस्तै दूध दिने गर्छ । यस रुखलाई दिनमा दुई पटकसम्म दुहिने गरिन्छ । साना-साना हाँगालाई थोरै थोरै काट्दा त्यहाँबाट दूधजस्तो थोपा निस्कन्छ जसलाई तताएर खाँदा गाई भैंसीको दूधजस्तै पोषिलो मिठास हुन्छ । यस्तै ब्राजिलको घना जंगलमा ‘काउ ट्रि’ नामक रुख पाइन्छ । यसको हाँगामा प्वाल पार्दा गाई भैंसीको जस्तै पौष्टिक दूध निस्कन थाल्छ । त्यस्तो दूधलाई जङ्गलवासी भाँडामा जम्मा गरेर मजासँग पिउने गर्दछ । ब्राजिलवासी यस्तो दूधमा एक प्रकारको जङ्गली औषधि प्रयोग गरेर धेरै दिनसम्म सुरक्षित राख्छन् अनि आफूलाई खाँचो परेको बेलामा त्यसलाई प्रयोगमा ल्याउँछन् ।

३. पङ्खा रुख : एसियामा पाइने एकप्रकारको सानो खाले रुखलाई टेलिग्राफ ट्रि (Telegraph Tree) भनिन्छ । किनकि यसका पातहरू बिल्कुलै हावा नचलेको बेलामा पनि फ्याट-फ्याट गरी फड्काइरहन्छन् । मानौं यिनले पङ्खा हल्लाइरहेका छन् । मानिस यस रुख मुनि बसेर शीतलता लिने गर्दछ ।

४. उज्यालो दिने रुख : चीनको हुनान प्रान्तमा पाइएको एक रुखको प्रत्येक हाँगाबिङ्गाबाट उज्यालो प्रस्फुटित हुन्छ । यो रुखको एक टुक्रा बोक्रा मात्र पनि कोठामा राखियो भने प्रकाशमय हुन्छ । कुन कारणले गर्दा यो रुखबाट प्रकाश आउँछ ? भन्ने कुरा आजसम्म पनि वैज्ञानिकले पत्ता लगाउन सकेका छैन । यस्तै ‘सोम औषधि’ नामक यो रुख हिमालको आसपासमा पाइन्छ, जसले रेडियमको जस्तो उज्यालो प्रकाश दिन्छ । यस रुखमा शुक्ल पक्ष शुरु भएपछि प्रत्येक दिन एक-एक वटा पात थपि्रदै जान्छन् । पूणिर्माको दिनसम्ममा थपिएका पातको सङ्ख्या १५ पुग्छ । यसरी नै कृष्णपक्ष सुरु भएपछि प्रत्येक दिन एउटा पात झर्दै जान्छ र औंसीको दिनसम्ममा त्यस रुखमा एउटा पनि पात रहँदैनन् ।

५. मानवरूपी (मानिस आकृति जस्तो) रुने रुख : अफ्रिकी देशहरूमा पाइने ‘सेराङ्क’ नामक रुखको बनावट मानिससँग मिल्दछ । यस रुखको अर्को विशेषता के छ भने यसलाई काट्दा वा उखेल्दा मानिसले जस्तै आवाज निकालेर रुने गर्दछ । यस्तै केनरी द्वीपमा पाइने ‘लाउरे मण्डक’ रुख टाढाबाट हेर्दा मान्छे जस्तो देखिन्छ । यसलाई काट्न वा उखेल्न खोज्दा बालक रोए झैं रोएको आवाज आउँछ ।

यस्तै अमेरिकाको मिसिगन प्रान्तको आलो क्लार्क नामक व्यक्तिको बगैंचामा एक यस्तो रुख छ, जुन झट्ट हेर्दा मानिसको आकृतिसँग ठ्याक्कै मिल्दछ । यस रुखमा मानिसको जस्तै हात, खुट्टा, टाउको छ । त्यति मात्र होइन टाउकोमा टोपी पनि लगाएको जस्तो देखिन्छ भने दाहिने हातमा सानो छडी पनि लिए जस्तो देखिन्छ ।

६. पातबिनाको रुख : वनस्पतिले पातबाट सास फेर्छन् यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर प्रकृतिमा एउटा यस्तो पनि रुख हुन्छ, जसमा एउटा पनि पात हुँदैन । अङ्ग्रेजीमा रस्को एक्युलेट्स (Rusco Aculeatus) भनेर चिनिने एकप्रकारको वनस्पतिमा पात हुँदैनन् । तर यसका हाँगा (शाखा) हरू नै पातको आकारमा बनेका हुन्छन् । यसमा फूल पनि यिनै पातजस्तो बनेका शाखाका बीचबाट निस्कन्छ ।

७. सियो धागोयुक्त रुख ः जंगलमा घुम्दाघुम्दै कतै आफूले लगाएको लुगा उभ्रे अथवा च्यातिए भने आफूसँग सियो धागो नहुँदा ‘सेन्चुरी प्लान्ट’ नामक रुख भेटिएमा लुगा सहजै सिउन सकिन्छ । यसको रुखका हाँगा मोटा खाले पात गुच्छाका रूपमा हुन्छन् । पातका टुप्पा सियोजस्तै तिखा र कडा हुन्छन् । कुनै पातलाई फेदैमा पट्याक्क भाँचेर टुप्पो भएको ठाउँभन्दा तल एउटा ढुङ्गाले किच्ने बित्तिकै पातमा रहेको दरिलो मोटो भाग पक्लक्क उकिन्छ र टुप्पो जस्ताको तस्तै रहन्छ तर टुप्पसँग गाँसिएर भित्रि रहेको धागो यथावत् रहन्छ र त्यसैले लुगा सिउन मिल्छ ।

८. मैनबत्ती दिने रुख :  दक्षिण अफ्रिकामा एउटा यस्तो रुख पाइन्छ, जसले मैनबत्तीको काम गर्दछ । यो रुखको हाँगाबाट १.५ मिटर जति लामो सलाइको जस्तै मोटो काँटी निस्किएको हुन्छ । त्यो देख्दा मैनबत्ती जस्तो देखिने मात्र नभएर मैनबत्ती जस्तै बल्ने काम पनि गर्दछ । यस्तै मध्य अष्ट्रेलियामा पाइने एकप्रकारको वनस्पतिमा जुन फूल फुल्दछ, त्यो हेर्दा मैनबत्ती जस्तै हुन्छ । त्यसैले यसको नाम पनि अङ्ग्रेजीमा क्यान्डिल स्टिक्स अफ द सन् ९ऋबलमभि क्तष्अपक या तजभ क्गल० भनिन्छ । तर यो फूल एक बोटमा सात वर्षमा एकपल्ट मात्र निस्कन्छ ।

९. अन्धो पार्ने रुख : एब्सिनियामा पाइने अस्कलेपियास नामक रुखको पातबाट निरन्तर दूध जस्तो एकप्रकारको सेतो झोल बगिरहन्छ । यो झोल आँखामा अलिकति मात्र परे पनि मानिस अन्धो हुन्छ । यो रुखको दाउरा चिर्दा दाउरा छोएको हातले आँखा मिच्यो भने पनि मानिस अन्धो हुन सक्छ । यस्तै वेस्ट इन्डियनमा पाइने ‘मान्चिनील’ भन्ने रुख पनि साह्रै डरलाग्दो हुन्छ । यसको रसको सम्पर्कमा आउने अन्धा हुन्छन् र यस रुखको छहारीमा रातभरी सुत्ने मानिस मरेका पनि छन् ।

१०. कपडा दिने रुख : न्युजिल्यान्डमा पाइने ‘लेस वार्क ट्रि’ नामक रुखबाट कपडा प्राप्त गर्न सकिन्छ । १० मिटरसम्मको उचाई हुने यो रुख सधँै हरियो भइरहन्छ । यस रुखको सानो हाँगो काट्ने बित्तिकै त्यसको भित्रबाट सेतो जालीदार बनेको कपडा जस्तो सुत्ला निस्कन्छ । यदि ठूलो हाँगा काटेमा दरिलो जालीदार कपडाको रास नै निस्कन्छ । त्यहाँका जङ्गलमा बस्ने आदिवासी त्यही जालीदार कपडाबाट दरी, झोला, मजेत्रा आदि बनाएर प्रयोगमा ल्याउँछन् ।

११. सङ्गीत उत्पन्न गर्ने रुख : लाल सागरदेखि नील नदीसम्म फैलिएको क्षेत्र नुबियामा सोफर नामको सङ्गीतमय रुख पाइन्छ । यो रुखको हाँगामा पोका-पोका निस्कन्छ । ती पोकामा कीराले स-साना प्वाल पार्छ र सोही प्वालमा हावा छिर्दा सुरिलो सुसेली सुनिन्छ । यस्तै जमैकामा बतास चल्दा चराले गाएजस्तो सुसेल्ने रुख पाइन्छ । त्यहाँका बासिन्दा उक्त रुखलाई बोक्सी रुख भन्ने गर्दछन् भने पूजाआजा पनि गर्छन् । त्यो रुख अँध्यारोमा रहस्यमय ढङ्गले चम्कन्छ पनि ।

१२. घिउ दिने रुख : अमेरिकामा पाइने विपिङ फर नामक रुखले मैनबत्ती आकारको फल फल्छ । यो फल ४ फिटसम्म लामो हुने गर्दछ । यसलाई पेलेर घिउ निकालिन्छ । गाईलाई ख्वाउँदा मोटाउँछ । यस्तै नेपालमा पनि च्युरी नामक रुखको फलको बियाँ पेलेर घिउ निकालिन्छ । यो घिउ, औषधि बनाउन, शरीरमा घस्न, बत्ती बाल्न र साबुन बनाउन प्रयोग हुन्छ ।

१३. कीरा फट्याँग्रा खाने रुख : अमेरिकामा एउटा अचम्मको रुख पाइन्छ, जसले अरु साधारण रुख झैं माटोबाट आहार प्राप्त नगरी कीरा फट्याँग्रा खाएर बाँच्ने गर्छ । तसर्थ यसको नाम पनि कामअनुसार ‘कोबरा’ वृक्ष राखिएको छ ।

१४. कुरा गर्ने रुख : ‘डेसियोडियम ड्राइक्वेट’ नामक रुखका पातबाट गर्मीको याममा मानिसले कुरा गरेझैं आवाज निस्कन्छ । त्यसका बासिन्दाले यस रुखलाई कुरा गर्ने रुख भन्ने गरिन्छ ।

१५. मांसाहारी रुख : अफ्रिका महाद्वीप तथा मेडागास्कर द्वीपको घना जङ्गलमा यस्ता रुख पाइन्छन्, जसले मान्छे तथा जनावर मारेर खान्छन् । यस्ता रुखको उचाइँ २५ फिटसम्म हुन्छ । यस्ता रुखको शाखा हाँगाको अगाडिको भागमा ठूलाठूला थालका आकारका फूल हुन्छन् । यिनै हाँगामा १-२ फिट लामो नङ्ग्रा जस्ता तिखा काँटा हुन्छन् । असावधानीवश कुनै मानिस वा जनावर ती रुखको छेउमा पुगे भने ती काँटाले छेड्छन्, छेडेपछि शरीरबाट बगेको रगतलाई ती काँटाले सोसेर निल्दछन् । जब ती प्राणीको शरीरबाट रगत आउन छोड्छ तब काँटाले छोडिदिन्छन् । रगत खाएको बेला रुखमा रहेका फूल अझ ठूला हुन्छन्, केही दिन पछि फेरि साविककै आकारमा आउँछन् ।

१६. गोली जस्तै पड्किने रुख : मेक्सिकोमा एक किसिमको रुख पाइन्छ । जसमा फलेका फल पाकेपछि खुबै जोडसँग फुट्दछ । फुटेका फलका टुक्राले २० फिटको घेराभित्र बसेका मानिसलाई घाइते पार्न सक्छ ।

१७. हिँड्ने रुख : अमेरिकामा पाइने ‘मेलग्रोव’ नामक रुख सयौं मिटर अग्लो हुन्छ जुन ज्यादै मन्दगतिमा हजारौं फीट पर पुग्ने गर्दछ । त्यस्तै ‘टम्पवल पिङ्स’ नामक बिरुवा खास गरेर मरुभूमिको नजिक पाइन्छ । यसले आफ्नो जरामा रहेको पानी खाइसकेपछि आफैँ नै जरा बाहिर निकाल्छ र हुरी बतास चल्दा सो सँगसँगै धेरै टाढा नदी वा महासागरमा पुगी पानी खाई पुनः जरा गाड्छ ।

१८. वर्षा गराउने (पानी पार्ने) रुख : उष्ण (गर्मी) क्षेत्रमा पाइने एउटा रुखलाई ‘समानी समन (Samanea Saman) भनिन्छ । यसलाई वर्षा गराउने रुखका रूपमा चिनिन्छ । यसले दिनमा कोसा (Pods) मा पानी जम्मा गर्दछ । उक्त जम्मा गरिएको पानी रातमा घना वर्षा जस्तै गरी बर्साउँछ । यहाँ नेपालको पनि थप्ने

१९. बिचरा एकपाखे रुख : ओरेगनमा कोलम्बिया नदी घाँटीका किनारमा उम्रिएका रुख सदैव एकपाखे (एकातिरमात्र सोहोरिएका) हुन्छन् । यी रुखले लगातार एकै दिशाबाट आउने यति भीषण हावाको सामना गरिरहनुपर्दछ कि यिनका सम्पूर्ण हाँगा हावाको बहावको दिशामा नै बढ्छन् । यसैकारण रुख एकपाखे बन्न जान्छन् ।

२०. हात्ती दाँते रुख : पश्चिमी मध्य अमेरिकामा एक किसिमको रुखमा निकै ठूला फल फल्छन् । यस्ता फललाई सुकाएर टाँक आदि बनाउने काममा प्रयोग गरिन्छ । झट्ट हेर्दा यस्ता फलबाट बनेका कुनै पनि चीज हात्तीको दाँतबाटै बनाइएका जस्ता देखिन्छन् ।

२१. गाडी चलाउने तेल दिने रुख : ब्राजिलमा पाइएको ‘कोपिबिया’ नामक रुखबाट वर्षमा दुई पटक तेल झिक्न सकिन्छ । एक पटकमा झिकेको तेल २५ लिटरसम्म हुन्छ । यसलाई तत्कालै गाडीमा हाली प्रयोग गर्न सकिन्छ ।

२२. तुरुन्त घाउ ढाक्ने चोपवाला रुख : मेवाको बोटमा मेवाको फलमा बाहिरबाट पातलो चिरा लगाएर चोप निकाल्न सकिन्छ । तर यो चोपमा एउटा विचित्रको गुण हुन्छ । यहि गुणका कारण नै यो चोप हावाको सम्पर्कमा आउनसाथ तुरुन्त जम्दछ र चिरिएको घाउको मुख बन्द गरिदिन्छ । यसबाट चोप निस्कन पनि तुरुन्त रोकिन्छ ।

२३. सम्पूर्ण मसलाको एउटै रुख ः एउटा रुख जसको नाम नै यसको गुणको आधारमा All Spice अर्थात ‘सम्पूर्ण मसला’ राखिएको छ । किनकि यसको फलमा ल्वाङ, तेजपात, दालचिनीको एकमुष्ट स्वाद र सुगन्ध पाउन सकिन्छ ।

२३. साबुन दिने रुख : उत्तर अमेरिकामा पाइने साबुन रुख पनि अति उपयोगी रुख मानिन्छ । बर्सेनि यो रुखमा सुपारी जत्रो फल फल्छ । फलभित्र नरम गुदी हुन्छ । गुदीको आधाभाग बसाउने साबुन हुन्छ, जसबाट राम्ररी फिँज निस्कन्छ, सो भेगका मानिस यसैबाट लुगा धुने गर्छन् ।

२४. पेटिकोट पाम रुख : क्यालिफोर्नियामा पाइने ‘वासिङ्गटोनिया पाम’ नामक रुखलाई पेटिकोट पाम पनि भन्न सकिन्छ । यसका पातले यसको बोटलाई अनौठो तरिकाले ढाकेर सूर्यका किरणबाट जोगाउँछन् । झ्वाट्ट हेर्दा त्यहाँ एक महिलाले आफ्नो शरीरलाई पेटिकोटद्वारा ढाकेको जस्तो देखिन्छ ।

२५. नुन दिने रुख : चीनको हिलोग जियाङ्ग र जीलीन प्रान्तमा पाइने एक किसिमको रुखबाट एक प्रकारको पाउडर निस्कन्छ । यो पाउडरबाट नुनको काम लिन सकिन्छ ।

२६. अचम्मको धोत्रे रुख : अफ्रिकामा पाइने ‘एण्डुसोनिया डिजीटोटा’ नामक रुख ज्यादै आश्चर्य लाग्दो छ, जसको जराको गहिराई सय मिटर तलसम्म गाडिएको हुन्छ । यसका हाँगा खोक्रो हुन्छन् र सो भागमा पानी भरेर राख्न सकिन्छ । एउटा रुखमा पाँच हजार लिटरसम्म पानी अटाउँछ । यही पानी रेगिस्तानका यात्रीलाई बेच्ने गरिन्छ । साथै यसका हाँगामा ठूला-ठूला प्वाल पारेर मरेको मानिसको शव राख्ने चलन पनि छ । यसमा राखेको शव कुनै औषधि विना नै जस्ताको तस्तै सयौं वर्षसम्म रहन्छ ।

साभार : त्रिचन्द्र ‘प्रतीक्षा’, मझेरी डट कम

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!