अन्तर्राष्ट्रिय समाचार

एप्पलको पहिलो कम्प्युटर बिक्यो ३६ करोड रुपैयाँमा

एप्पलको पहिलो कम्प्युटर बिक्यो ३६ करोड रुपैयाँमा । कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ । कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ।

apple-1

कम्पनीका संस्थापक स्टीभ जब्सले बनाएको पहिलो कम्प्युटर ‘एप्पल वान’ ३६.५ लाख डलर अर्थात लगभग ३६ करोड रुपैयाँमा बिकेको छ । न्यूयोर्कमा क्रिस्टीद्वारा आयोजित लिलामीमा एप्पल (१ मोडेलका ५० दुर्लभ कम्प्युटरमध्ये एउटा कम्प्युटर अमेरिकाका एक व्यक्तिले खरिद गरेका हुन् । डेली मेलका अनुसार, जब्सले १९७६ मा क्यालिफोर्नियाको पालो आल्टोमा रहेका आफ्नो ग्यारेजमा उक्त कम्प्युटर बनाएका थिए । त्यतिबेला चार्ली रिकेट्स, जो जब्सका पारिवारिक मित्र थिए, उनले ६०० डलरमा उक्त कम्प्युटर किनेका थिए । केही समयपछि रिकेट्सले कम्प्युटरमा केही नयाँ सफ्टवेयर राखेका थिए, जसको बदलामा जब्सले उनीबाट १९३ डलर शुल्क लिएका थिए । त्यसपछि उक्त कम्प्युटरबाट धेरै काम लिएका थिए । २००२ को आसपास कम्प्युटरको इतिहासमाथि शोध गरिरहेका केही अनुसन्धानका एक विद्यार्थीले रिकेट्सबाट उक्त कम्प्युटर किनेका थिए ।उनले कम्प्युटरमा केही परिवर्तन पनि गरे, जसका कारण उक्त कम्प्युटरमा अडियो र भिडियो चलाउन सम्भव भएको थियो । स्मरण रहोस्, जब्सले सन् १९७६ मा क्यालिफोर्नियाको पालो अल्टोमा अवस्थित आफ्नो ग्यारेजमा पहिलो कम्प्युटर बनाएका थिए । यो कम्प्युटरलाई बनाउनका लागि जब्सले एउटा पुरानो कम्प्युटर करिब ६० हजारमा किनेका थिए । त्यसमा नै उनले नयाँ सफ्टवेयर हालेर केहि परिवर्तन ल्याएका थिए । यहि कम्प्युटरमा काम गरेर नै जब्सले नयाँ उपलब्धीहरु हाँसिल गरेका थिए । (एजेन्सी)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!