हेल्थ टिप्स

स्वास्थ्यको लागि नरिवलको तेलका फाइदाहरु

स्वास्थ्यको लागि नरिवलको तेलका फाइदाहरु ! धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ । स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनो एसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ । आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ ।

प्राचीनकालदेखि नै हाम्रो घरमा नरिवल तेललाई विभिन्न कार्यमा प्रयोग गर्दै आएको पाइन्छ । हुनतः बजारमा यतिबेला विभिन्न वासनायुक्त तेलहरु उपलब्ध छन् । तर ती तेलहरु गुणस्तरहिन पनि हुनसक्छ । त्यसैले सावधानीपूर्वक तेलको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । नरिवल तेल विशुद्ध प्राकृतिक तेलको रुपमा चिनिन्छ । यसको प्रयोग हाम्रो त्वचाका लागि निकै फाइदाजनक मानिन्छ भने नरिवल तेलको सेवनले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ । जानी राखौं, नरिवल तेलका केही फाइदाहरु यसप्रकार छन् ।

१. शेविंग क्रिम

दाढी खौर्न नरिवल तेलको प्रयोग गर्न सकिन्छ । यसले तपाईको पैसा पनि बच्छ । त्वचालाई पानीले भिजाएर नरिवल तेल लगाएर रेजरले दाढी खौर्न सकिन्छ । यसले शेविंग पनि राम्रो तरिकाले हुने र त्वचा पनि सुक्खा हुनबाट बचाउँछ । यसले पसिना गनाउने समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।

२. सनस्क्रीन

नरिवल तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले त्वचालाई नरम बनाउँछ । नियमित रुपमा नरिवल तेल त्वचामा लगाउनाले सुर्यको रोशनीले कुनै प्रभाव पार्न सक्दैन । यसैकारण नरिवल तेललाई त्वचाका लागि राम्रो लोशन पनि मानिन्छ ।

३. डायबिटीज

नरिवल तेल डायबिटीजबाट पीडितहरुका लागि निकै फाइदाजनक मानिन्छ । नरिवल तेलले अग्राशयमा एंजाइमको उत्पादनलाई कम गर्ने गर्दछ । यसले खाना खानेबेलामा अत्याधिक मात्रामा इन्सुलिन तयार हुन्छ । यही कारणले डायबिटीज रोगिका लागि नरिवल तेल हितकर मानिन्छ ।

४. भोकलाई नियन्त्रण

नरिवल तेलको सेवनले पटक पटक भोक लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । यस तेलमा कार्बोहाइडे«ट र क्यालोरी अत्याधिक मात्रामा हुन्छ। जसले भोकलाई नियन्त्रण गर्न मद्दत पुग्छ ।

५. तौल घटाउन

एम.सी.टी युक्त खाना खानाले शरीरमा उर्जा बढ्छ । नरिवल तेलले पाचनप्रक्रियालाई पनि राम्रो बनाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ ।

६. कालो दागबाट छुट्कारा

कतिपयको अनुहारमा डन्डिफोरका कारण कालो दागहरु देखिन्छन् । त्यसो भए ती कालो दागलाई सफा गर्न राती सुत्ने बेलामा थोरै नरिवल पानी लगाउने गर्नुस् । यसरी केही दिनको प्रयोगले अनुहारबाट कालो दागलाई हटाउन सकिन्छ ।

७. प्रजनन क्षमता बढ्छ

लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ। किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ ।

८. उर्जा बढाउँछ

नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ। यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ।

९. पेटका मांसपेशी र मासिक धर्ममा आराम

नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ।

१०. आँखाका लागि लाभकारी

नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ।

यो पनि पढ्नुहोस्  

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु के के छन् ?

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!