साहित्य-कला

आषाढको महिमा

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

मैले रोपेँ यो मनभरी पनि यही आषाढैको छटालाई !
बारी, माटो, अनि बन भरी मनको मेरो यो भावनालाई !!
मन यो रम्ने पनसित नि यसै मित्रता नै म गाँसी दिन्छु !
बाली फल्ने पनसित यसै पिरति नै म त गाँसी दिन्छु !!१!!

आमा जस्ती धरणी सरीकी मात्री तिम्रो यो महिमा !
अन्नै दिदै जतन गर्दै पाल्दछ्यौ है तिमी सन्ततिमा !!
तिम्रो महिमा अव जगतले मुक्त कण्ठले जगाओस् !
यस्ती तिमी धरणी कन धेर पिरति मनको लाओस् !!२!!

आषाढ तिम्रो महिमा कति छ यो जगतले बुझेको !
पालित पोषित अनि जीवनको सार के छ नि कहेको !!
तिमी यस्ती यो जगत भरकी जीवनै पाल्ने कति सुन्दर !
मनको तिम्रो यो उद्दार नीतिको महिमा कति छ धुरन्धर !!३!!

आषाढ तिमी कति कति धनि छ्यौ अन्न पातै फलाउने !
जीवन धान्ने तिमी जगतकी महिमा कति हामीले गाउने!!
मनको आशिष तिमीकन यति जीवन दिन्छ्यौ तिमी हाम्रो!
यो नेपालको गर तिमी मड्गल बढ्दछ सान मान नि हाम्रो !!४!!

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!