वातावरण

दक्षिण कोरियाको वातावरण कर्पोरेशनले नेपालको वातावरण मन्त्रालयलाई १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने

सौल, दक्षिण कोरिया, १९ असार २०७४। दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशन (के-ईको)ले नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयलाई ‘पाईलट प्रोजेक्ट’को रुपमा १ करोड रूपैयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ । वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई वातावरण सुधारको लागी यो सहयोग गर्ने भएको हो । मन्त्रालयले यस्ता सहयोगको सफल कार्यन्वयन गर्नु जरुरी हुन्छ  ।

उक्त संस्थामा अनुसन्धानकर्ताको रूपमा कार्यरत नेपाली चेली आस्था बिन्दु मल्लका अनुसार सहयोग सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र के-ईकोका अध्यक्षले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त सहयोग नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयले वातवरणिय सुधार, फोहोर व्यवस्थापन र फोहोरको पुन प्रयोगमा खर्च गर्नेछ। काठमाडौंमा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण प्रदुषित बन्दै गएको काठमाडौंमा फोहर मैला व्यवस्थापनबाट के-ईकोले काम सुरु गर्नेछ ।

के-ईकोमा थोरै संख्यामा विदेशी नागरिक अनुसन्धानकर्ताको रूपमा काम गर्ने गरेको मध्ये मल्ल पहिलो नेपाली नागरिक हुन् । दक्षिण कोरियामा बस्ने नेपाली महिलामध्ये कलिलो उमेरमै उच्च शिक्षा हासिल गरी सम्मानित पेसा र ओहोदामा पुगेकी सम्भवतः उनी प्रथम नेपाली महिला हुन् । उनले योन्सेइ युनिभर्सिटी दक्षिण कोरियामा विश्वव्यापी जलवायु तथा मौसम परिवर्तन विषयमा विद्यावारिधिको अन्तिम चरणमा पुगेकी छिन् ।

जेभियर कलेजबाट बी.एस्सी र त्रिविबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनी दक्षिण कोरिया हान्निइन् र त्यहाँ पनि इवहा वुमन्स युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातकोत्तर गरिन् । सोल नेसनल युनिभर्सिटी कोरियामा वरिष्ठ शोधकर्ताका रूपमा काम गरेकी मल्ल सोनसिक सोसाइटी अफ नेप्लिज स्टुडेन्ट इन कोरियाको निर्वाचित प्रथम महिला अध्यक्ष हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!