खानपान

मानव स्वास्थ्यको लागि नरिवल खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नरिवल भगवानको प्रसादको रूपमा चढाउने परम्परा छ । जो कोहीले प्रसादको रूपमा प्रयोग हुदै आएको छ । कतिपय प्रसादहरू सवै औषधिमा प्रयोग भएको हेर्दा भगवानहरूले फाइदा उठाउन यस्तो गरेको देखिन्छ । त्यसै नखाने भएकाले सायद प्रसादको रूपमा खान दिएको हुन सक्छ ।

नरिवल थुप्रै गुणले सम्पन्न हुनुका साथै मानव स्वास्थ्यमा भिटामिनको रूपमा प्रयोग हुदै आएको छ। नरिवलको फल पित्तनाशक मानिन्छ । नरिवलको फूल मधुमेहका रोगीलाई लाभदायक हुन्छ भने वीर्यबर्द्धक एवं छालाका अनेक रोग हटाइदिनुका साथै सौन्दर्य वृद्धिमा समेत उत्तिकै उपयोगी मानिन्छ ।

उल्टी, पेटको अल्सर, ग्यास्ट्रिक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा दिएको पाइन्छ । पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरू भन्दा केही उत्तम भएको दावी गरिएको छ ।

नरिवलका फाइदाहरू

१. नरिवलको जल नियमित केही दिन १-१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ । गर्मीले गर्दा अलि-अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

२. पोलेको घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।

३. नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ । नरिवलको तेल टाउकोमा दल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

४. नरिवलको जराको पानी १-१ चम्चा खाने गरेमा १-२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ ।

५. कान दुख्ने, पीप आउने, खटिरा आदि भएमा नरिवलको तेलमा ६ गेडा लसुन राखेर कालो पार्ने गरी पकाउने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान्बेलुका ४-४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

नोट : कुनै पनि औषधि सेवन गराउदा वैद्यको परामर्शमा सेवन गराउदा ठिक हुन सक्छ । सवै रोगमा एउटै औषधिले काम नगर्न सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि भईकटहर खानुका फाइदाहरू

आरुवखडा खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!