टिप्स

के तपाईलाई निद्रा लाग्दैन ? एकैछिनमा फुस्स निदाउन अपनाउनुस् यो विधि

मिठो निद्रा स्वस्थ्य रहनको लागि उति नै जरूरी छ । धेरै थकाई लागेर ओछ्यानमा पल्टिँदा पनि सुत्न नसकेर तनाव हुन्छ धेरैलाई । कोही मनतातो दूध पिएर सुते निद्रा लाग्छ भन्छन् भने कोही चाहिँ भेडा गनेर बसे निदाइन्छ भन्छन् । तर कुनै पनि विधि आफैंमा रामवाण होइन । हामी यहाँ तपाईंलाई सही तरिकाले श्वास लिएर छिट्टो निद्रामा पर्ने विधि सिकाउँछौं । तपाईंले यो विधि नियमित रूपमा अपनाउनुपर्ने हुन्छ । बिहान उठेपछि अनि बेलुका सुत्ने बेलामा यो विधि अपनाउनुस् । यो विधिले तपाईंलाई आनन्ददायक निद्रा दिन्छ अनि तनावपूर्ण स्थिति, उच्च रक्तचाप र प्यानिक आक्रमणलाई पनि रोक्छ ।

१. श्वास भित्र तान्नुस्

शुरूमा जिब्रोलाई अघिल्लो दाँतको भित्रपट्टि मुखको च्यापुमा लगेर टाँस्नुस् । त्यसपछि बिस्तारै सास तान्नुस् अनि मनमनै चारसम्म गन्नुस् । सास रोक्नुस् अब शान्त रहेर सास रोक्नुस् र सातसम्म गन्नुस् । तपाईंको शरीरले अब अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र तपाईंको शरीरले आनन्द महसूस गर्छ ।

२. सास बाहिर फाल्नुस्

सास बाहिर फाल्दा आठसम्म गन्नुस् । तपाईंले सकेसम्म विना अवरोध सास बाहिर फाल्नुपर्ने हुन्छ । शान्तखालको स्स्स्स् आवाज सुन्नुभयो भने तपाईंले सही गर्दै हुनुहुन्छ । बिस्तारै सास बाहिर फाल्दा प्रयोग भएको हावा तपाईंको शरीरबाट पूरै निस्केको संकेत हो । यसको राम्रो साइड इफेक्ट भनेको तपाईंको नाडीको चाप घट्छ र तपाईं थप शान्त हुनुहुन्छ । तनाव घटेको तपाईंले सजिलै थाहा पाउनुुहुन्छ ।

अलिकति अभ्यास गर्नुभयो भने यो जस्तो स्थितिमा पनि काम गर्छ । तपाईंलाई भयंकर तनाव वा त्रासको स्थिति भयो भनेपनि यो गर्दा शरीर सेकेन्डभरमै शान्त हुन्छ । उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो । मिलाएर सास फेर्दा यो सम्भव छ ।शुरूमा बिहान र बेलुका चारचोटि यो अभ्यास गर्नुस् । दुई महिनापछि भने आठचोटि गर्नुस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । अनेकथरी औषधी खानुभन्दा यो विधि अपनाएर मजाले सुत्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

निद्रा लागेन भने यसो गर्नुस्

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!