हेल्थ टिप्स

जाडोमा खोकीको औषधिको रुपमा अदुवाको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खोकी मानिसको ठूलो शत्रु हो “लडाईको जड हासो हो भने रोगको जड खोकी हो ” हामीले खोकीलाई सामान्य रूपमा हेर्ने गरेका छौं । आज मैले हरेकको भान्सामा हुने अदुवा (Ginger) को बारेमा जानकारी दिने प्रयत्न गर्दैछु । अदुवा, वैज्ञानिक वर्गीकरण अनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। अङ्ग्रेजी(gingifere) हुदै अहिले Ginger हुन पुगेको हो।

औषधोपचार

अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ ।

दम खोकीमा

एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

रुघाखोकी

२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

खोकी र सासको रोग

अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।

नोट: मह पकाउनुहुदैन पकाएमा बिस समान हुन्छ भनेको छ । अन्य औषधि पकाई सकेपछि मात्रै मह मिलाउनु होला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा अदुवाको प्रयोग

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

औषधीको रुपमा हिङको प्रयोग

औषधीको रुपमा मरिचको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!