विज्ञान जिज्ञासा

हाम्रो छालालाई सुर्यको किरणले कसरी बिगार्छ ?

Ram Thakuri
राम ठकुरी

सुर्यको किरण जसरीभिटामिन ‘डी ३’ उत्पादन गर्नको लागि आवश्यक छ, त्यसरीनै लामो समय हाम्रो छालामा परेमा छालाको लागि हानिकारक पनि छ । लामो समयसम्म हाम्रो खुल्ला छालामा सुर्यको किरण पर्न गएमा हाम्रो छालामा भएको मसिना रक्त नलीहरु खुम्चने र फुक्ने हुन्छ र छाला रातो रातो हुन्छ, यो क्रम लामो समयसम्म चलिरहेमा छालाको बाहिरी तहको कोष मर्न जान्छ र छाला कालो रंगको हुन जान्छ ।  त्यस्तै छालामा मेलानिनको मात्रा पनि बढ्न जान्छ ।

सुर्यको किरणको लामो समय छाला संगको सम्पर्कले पानीको कमी हुने, थकान बढ्ने र छालामा भएको डीएनएको केहि मात्रा पूर्ण रुपमा नष्ट हुन गई छालाको क्यान्सर समेत हुने हुन्छ । यसबाट बच्नको लागि लामो समयसम्म छालालाई सुर्यको किरणको सम्पर्कमा राख्नुहुँदैन । चर्को घामल बाहिर निस्कदासनग्लास लगाउनुपर्दछ र साथैटोपी प्रयोग गर्ने छालामा सनब्लक क्रिम लगाउनु बुद्दिमानी हुन्छ । सनब्लक क्रिमलाई पानीले पखाल्ने हुन्छ र पसिनाले पनि यसलाई पखालिदिन्छ । बिहान १० देखि दिउसोको २ बजेको बिचमा घामको प्रकाश बढीमात्रामा पराबैजनी बिकिरण हुन्छ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!