खानपानविज्ञान जिज्ञासा

भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?

Ram Thakuri
राम ठकुरी

प्राय: सबैले स्कुलदेखि नै भिटामिन ‘डी’ सुर्यको किरणमा पाइन्छ भन्ने कुरा पढ्दै र बुझ्दै आएको पाइन्छ तर यहाँ हामी मध्ये धेरैलाई यस बिषयमा वास्तविक ज्ञान नभएको पाइन्छ । धेरैले सुर्यको किरण संगै भिटामिन ‘डी’ हाम्रो छालामा प्रवेश गर्छ भन्ने गलत धारणा राख्दछन। कसरी प्राप्त गर्दछ त हाम्रो शरीरले सुर्यको किरणवाट भिटामिन ‘डी’ ? यो कुरा सत्य हो कि सुर्यको किरण भिटामिन ‘डी’को लागि उपयोगी हो तर सुर्यको किरणसंगै भिटामिन ‘डी’ हाम्रो शरीरमा भने प्रवेश गर्ने चाहि होइन ।

जब सुर्यको किरण हाम्रो छालामा प्रबेशगर्दछ तव सुर्यको किरणमा भएको पराबैजनी किरण (UV-Ray)लाईहाम्रो छालाको इपीडरमिस नामक तहमा भण्डार भएर रहेको 7-dehydrocholesterol(7-DHC)नामक यौगिकले सोस्छ र सुर्यको किरणमा भएको उक्त पराबैजनी किरणको उपस्थितिले गर्दा 7-DHCमा रासायनिक परिबर्तन हुन गई भिटामिन ‘डी’मा परिबर्तन हुन्छ । उक्त भिटामिन बास्तबमा भिटामिन ‘डी ३’ Vitamin D3 (cholecalciferol)हो ।

उच्च  अल्टिच्युडमा बस्ने मानिस भन्दा कम अल्टिच्युडमा बस्ने मानिसको छालामा भिटामिन ‘डी३’ को मात्रा बढी उत्पादन हुन्छ ।  कम अल्टिच्युडमा प्रकाशको तिब्रता बढी हुने भएकोले यसो भएको हो । कालो र गोरो मानिसमध्ये गोरो मानिसको छालामा बढी मात्रामा Vitamin D3 (cholecalciferol) उत्पादन हुन्छ । कालो छालामा मेलानिन नामक पदार्थ अत्याधिक हुने र उक्त मेलानिनले पनि पराबैजनी किरणलाई सोसिदिने हुँदा सम्पूर्ण पराबैजनी किरणको मात्रा 7-dehydrocholesterol (7-DHC)लाई भिटामिन ‘डी ३’ मा रुपान्तरण गर्नतर्फ उपयोग हुन पाउदैन ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!