विज्ञान जिज्ञासा

साबुनले कसरी लुगा सफा गर्छ ?

Ram Thakuri
राम ठकुरी

हामीले दैनिक जीवनमा कपडा धुनको लागि साबुन वा सरपको प्रयोग गर्छौ । यहाँले बिचार गर्नु भएको छ कहिले? कपडाको मैलो साबुन वा सरपले कसरि सजिलै जान्छ ? यसको कारण साबुन वा सरपमा भएको सुक्ष्म अणुको बनावट नै हो । आउनुहोस जानौ यसको काम गर्ने तरिका यस प्रकार छ । साबुनको अणु सोडियम वा पोटासियम नामक तत्वले प्रांगारिक अम्लसंग बनाएको लवण हो ।

जव साबुन पानीमा घुलाइंछ तव साबुनको अणुको एक छेउमा भएको सोडियम वा पोटासियम जसलाई हाइड्रोफिलिक भाग भनिन्छ, पानीको अणुतिर आकर्षित हुन्छ भने अर्को छेउ हाइड्रोकार्बन पानीको अणुवाट बिपरित दिसातार्फ़ गई गोलाकार संरचना बनाउछ । उक्त गोलाकार संरचनालाई माइसेल (Micelle)भनिन्छ । तव उक्त माइसेलको बिचको भागमा कपडामा लागेको ग्रीज, तेल वा फोहोर स्टेन प्रबेश गर्दछ र उक्त माइसेलले कपडाको सतहबाट फोहोर निकालिदिन्छ । जव साबुन लगाएर मिचिसकेपछि पानीले कपडा पखालिंछ तब उक्त माइसेल सहित माइसेलको बिचमा रहेको मैलो पदार्थ पनि एकैचोटी पखालिएर जान्छ र कपडा सफा हुन्छ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!