विज्ञान जिज्ञासा

साबुन आँखामा पर्दा किन पिरो हुन्छ ?

साबुन हाम्रो जीवनमा दिनुहुँ प्रयोग हुने वस्तु हो । साबुन पानीले मुख धुँदा आँखामा पर्न गयो भने आँखा पीरो भई पोल्न थाल्दछ । आँखा मात्रै होइन शरीरमा कतै घाउ, चोट–पटक लागेको छ भने पनि पोल्न थाल्दछ । साबुनको प्रयोगबाट आँखा किन पोल्छ भन्ने कुरा थाहा पाउन साबुनको बनोटबारे जानकारी हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

साबुनले कसरी लुगा सफा गर्छ ?

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्ने ९ टिप्सहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

होशियार रहनुहोस यस्ता आँखा हुनेले धोका दिन्छन्

कम्जोर आँखाको ज्योति बढाउने उपाय

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

साबुन तेल वा बासोजस्ता चिल्लो पदार्थ र सोडियम हाइड्रोअक्साइड अथवा पोटासियम हाइड्रोअक्साइड र क्षारहरुसितको प्रतिक्रियाबाट बनाइन्छ । यसरी चिल्लो पदार्थ र क्षारबीच प्रतिक्रिया गराउँदा त्यहाँ एक प्रकारको लवण पैदा हुन्छ । यस प्रकारको लवणलाई अम्लीय बोसोयुक्त बनाउने लवण (Salts of Fatty Acid) भनिन्छ । साबुन भनेको यस्तै प्रकारको लवण हो । हामीलाई थाहा छ कि लवण पदार्थहरु पानीमा घुल्छन्, पानीमा घुल्दा ती विद्युतीय शक्तियुक्त एकाइहरु (Electrically Charge Ions) मा टुक्रिन्छन् । यस्तो अवस्थामा यी एकाइहरु पानीको सम्पर्कमा छन् भने यिनीहरुको पानीका अणुहरुलाई आकर्षण गर्दछन् । यसबाट आयोनको वरपर पानीको मात्रामा कमी हुन जान्छ ।

Like & Follow us on Facebook

यस्तै प्रतिक्रिया साबुन अनुहारमा दल्दा पनि हुने गर्दछ । हामे आँखालाई सदैव भिजाई राख्न आँखाको माथिल्लो भागमा रहेको अश्रु ग्रन्थि (Lacrimal Glands) बाट एक प्रकारको रस निरन्तर पैदा भई रहेको हुन्छ । जब साबुन हाम्रो आँखामा पर्न जान्छ, साबुनले आँखामा रहेको तरल पदार्थलाई सोसेर लिन्छ र हामीलाई एक प्रकारको असजिलो महसुस हुन्छ । यसबाहेक Fatty Acid को ऋणात्मक आयोनले पानीसँग प्रतिक्रिया गरी क्षार (Alkali) पैदा गर्दछ । फलस्वरुप आँखाभित्रको कलिलो झिल्लीलाई अप्ठ्यारो पार्दछ र झन् बढी पोल्न थाल्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!