ज्योतिषशास्त्र

शास्त्र अनुसार कुन आँखा फर्फराउँदा के हुन्छ ?

कुन आँखा फर्फराउँदा शुभ कि अशुभ के हुन्छ ? जानी राखौ ! शास्त्र अनुसार हाम्रो शरीरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला । त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुहोस्।

१. यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ। महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।

२. बायाँ आँखाको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।

३. बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।

४. यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।

५. दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।

६. यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

के मानिसको तीनवटा आँखा छन् ?

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

होशियार रहनुहोस यस्ता आँखा हुनेले धोका दिन्छन्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!