धर्म-सस्कृति

धर्मशास्त्र अनुसार यी हुन् सुत्नै नहुने समय, जानी राखौ

धर्मशास्त्र अनुसार यी हुन् सुत्नै नहुने समय, जानी राखौ ! हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ । तर सबै मानिसलाई फरक-फरक किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ । यदि हामीलाई निन्द्रा पुगेको छैन भने काममा केन्द्रित हुन् गार्हो पर्छ । यी तीन समयमा सुत्न धर्मशास्त्रले अशुभ मान्छ – सामान्यतया, हामी रातीको समयमा सुत्ने गर्छौं । तर निद्रा थकान मेट्न वा आरामको लागि आवश्यक हुन्छ । तर यसको समय भने बढो ध्यान राख्नुपर्ने हुन्छ । यदि आराम गर्ने निउमा गलत समयमा सुत्दा स्वास्थ्यका लागि घातक साबित हुन सक्दछ । त्यस बाहेक धार्मिक रुपले हेर्दा पनि गलत समयमा सुत्नु अशुभ मानिन्छ । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार यी ३ समयमा सुत्नै नहुने बताइएको पाईन्छ ।

१. सूर्योदयको समय

सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ र स्वास्थ्य पनि राम्रो हुँदैन । सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सबेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।

२. मध्यान्नको समय

शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ । मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः मध्यान्नको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।

३. सूर्यास्तको समय

सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् । धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी-देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

मानिसले कति सुत्नुपर्छ ?

उत्तर सिरानी गरेर सुत्नु नहुने वैज्ञानिक कारण

उत्तर सिरानी गरेर सुत्नु नहुने पौराणिक मान्यता

कति घण्टा सुत्नु राम्रो हुन्छ ? 

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!