ज्योतिषशास्त्र

कन्या राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

गुरु परासर
ज्योतिष गुरु परासर

कन्या राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

कन्या राशि : टी पा पो पू ष ण ठ पे पो

स्वामी : बुध

शुभ अंक : ५

शुभबार : आइतबार, बुधबार, शुक्रबार

अशुभबार : मंगलबार र शनिबार अशुभबार

शत्रु राशि : मेष राशि

शुभ दिशा : उत्तर पश्चिम र उत्तर पूर्व दिशा

शुभ रंग : निलो र हरियो रंग

स्वभाव र बानी

१. कुनै काम गर्न ढिला सुस्ति हुने बानी हुन्छ ।

२. कन्या राशिका कम बोल्ने र मृदुभाषी हुने गर्छन् ।

३. कन्या राशिका ब्यक्तिलाई मानसिक श्रम नगर्ने बानी हुन्छ । तर शारीरिक श्रममा रुचि राख्छन् ।

४. कन्या राशिाका शुभ ग्रह बुध र राहु हुन् । उत्तर दिशा बलबान हुनेछ । कन्या राशिका स्त्रीलाई अरुको अधिनमा रहन मन लाग्दैन ।

भाग्य तथा भविष्य

१. शनि र बुधले ३२ वर्षपछि मात्र भाग्य उदय गर्ने गर्छ । साथै ३२ वर्षपछि नै बिबाह गर्दा उत्तम हुनेछ ।

२. कन्या राशिका मानिसलाई मावलीघरबाट सहयोग हुने योग मिल्नेछ ।

३. कन्या राशिका मानिसलाई पेटको विभिन्न बिकार हुने गर्दछ ।

४. यो राशिका व्यक्तिलाई एक छोरा र एक छोरी हुने मिथुन राशि सँग सबै कुरा मिल्न जान्छ ।

५. धन प्राप्तिका निम्ती ा लक्ष्मिको उपासना गर्नाले धन लाभ हुने गर्छ ।

६. कुनै पनि राशिका मानिसले आफ्नो स्वामीको उपासना गर्नाले लाभ हुने गर्छ ।

७. यो राशिका मानिसहरुलाई रक्त समस्या, छाला समस्या हुने गर्छ ।

८. यिनीहरुको स्वाभाव सहनशिल हुन्छ । साथै कम्मर दुख्ने, पुरुषत्वको कमीले गर्दा कलह बढि हुने हुँदा पारिवारिक समस्या देखिने गर्छ र द्धेध स्वभावले गर्दा पति पत्निमा अनमेल बढि हुने गर्दछ । सन्तान सुख धेरै हुँदैन । बच्चाहरु बढि बिरामी परिरहन्छन् । कन्या र मिथुन राशिका मान्छेले ब्यापार, राजनीति, प्राविधि कार्य, शिक्षा क्षेत्रमा अधिक लाभ उठाउन सक्नेछन् ।

जीवनसाथी र बिबाह

१. वृष, मिथुन, कर्कट, सिंह, तुला, मकर, कुम्भ र मिन राशिसँग शुभ हुन्छ । कन्या राशिकी स्त्रिले मिथुन र मिन राशिका पुरुषसँग बिबाह गर्दा शुभ हुन्छ ।

२. कन्या राशिको स्वामी बुध हुनाले गर्दा पुरुष जातिहरुमा स्त्री जातिको स्वभाव हुने गर्दछ । तर स्त्रीमा भने पुरुष गुण बढि हुने गर्छ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

सिहं राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

वृष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

कर्कट राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

गुरु परासर ज्योतिष सेवा केन्द्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!