विज्ञान जिज्ञासा

जिन्स प्यान्टको दाहिनेपट्टि सानो खल्ती राख्ने कारणहरु

हामो दैनिक जीवनमा यस्ता धेरै कुराहरु छन्, जसको बारेमा हामीले ध्यान दिएका नै हुदैनौ । तर त्यस्ता कुराको ठूलो महत्व रहेको हुन्छ । जिन्स प्यान्टको दाहिने पट्टीको खल्तीमाथि हुने सानो खल्तीलाई त सबैले याद गर्नुभएकै होला । त्यसैको ठ्याक्कै तलपट्टी त्यत्रो ठूलो खल्ती हुँदाहुँदै किन सानो खल्ती राखिएको होला ? जिन्स प्यान्टको फेसन आउन थालेदेखि मानिसहरूले त्यो खल्तीलाई धेरै कामको लागि प्रयोग गर्दै आएका छन्, तर सायद धेरैलाई यो के को लागि हो भनेर थाहा नहुन सक्छ । जिन्स प्यान्टको दाहिनेपट्टि सानो खल्ती राख्ने कारणहरु यस प्रकार छन् ।

१. गितार बजाउनेहरू अधिकांशले यो खल्तीमा ‘गितारको पिक’ राख्ने गरेको पाइन्छ।

२. ठूलो झोलामा सानो पेन ड्राइभ राख्दा चाहिएको बेलामा भेट्टाउनै गाह्रो हुन्छ, त्यो त सबैलाई थाहै होला। यहि कारणले गर्दा पनि अधिकांशले त्यो सानो पेन ड्राइभलाई सानै खल्तीमा राख्ने गर्दछन्।

३. कसैले यसलाई ‘कण्डम राख्ने खल्ती’ पनि भन्छन् ।

४. धेरैले यो सानो खल्तीमा पैसाको सिक्का राख्ने गर्छन् ।

५. आ-आफ्नै प्रयोजनको लागि यो खल्तीको प्रयोग हुने भएपनि यसको सुरुवात यसरी भएको थियो । वास्तवमा, यो खल्तीमा घडी राख्नको लागि बनाइएको थियो। सन् १८०० ताका, विदेशी ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे । यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो । यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ (Levi Strauss) ले प्यान्टको खल्तीनजिकै सानो खल्ती बनाएका थिए, जहाँ घडीलाई सुरक्षित राख्न सकिन्थ्यो ।

यो पनि पढनुहोस्

महिला र पुरुषको शर्टमा टाँक फरक साइडमा हुने कारणहरु

कुकुर रुनुका कारणहरु

महिलालाई मलामी नलानुको कारणहरु

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!