नीति

बिदुर नीति अनुसार असल मान्छे

बिदुर नीति अनुसार असल मान्छे ! बिदुर नीति अनुसार निम्न गुणहरु भएको मान्छेलाई असल मान्छे भनिन्छ ।
१. रिस, खुसी, घमण्ड, लाज, उद्दण्डता हुँदैन । आफूलाई सर्वमान्य ठान्दैन ।
२. नराम्रो कामबाट टाढा रहन्छ । आफ्नो काम गर्छ । ईश्वरमा श्रद्धा गर्छ ।
३. आफ्नो वास्तविक अवस्थाको ज्ञान हुन्छ । दु:ख सहने शक्ति हुन्छ ।
४. आफ्नो गच्छे र क्षमता अनुसार काम गर्न जान्दछन् । अरू कसैको पनि अपमान गर्दैनन् ।
५. गर्न लागेको काम पूर्ण भएपछि मात्रै अरू व्यक्तिलाई थाहा दिन्छ । काम पूरा नभई हल्ला गर्दैन ।
६. कामलाई चिसो, तातो, डर र प्रेम वासना, वैभव, आदिले बाधा पुर्याउन सक्दैनन् । जस्तो अवस्थामा पनि काम गर्छ ।
७. दुर्लभ र पाउनै नसकिने वस्तु पाउँछु भनेर इच्छा राख्दैन । हराइसकेको र नाश भइसकेको वस्तुबारे शोक गर्न रुचाउँदैन । आपत विपत् पर्दा पनि हड्बडाउदैन ।
८.  कुनै पनि विषयलाई धेरैबेरसम्म सुनिरहन्छन् । अनि छिट्टै बुझ्छन् । सम्झन्छ पनि । अरूले चासो नराखेसम्म व्यर्थैमा अरूको कुरा गर्दैन । स्वभावले असल मानिसको परिचय दिन्छ ।
९.  सबैभन्दा पहिला काम गर्ने अठोट गर्छ । अनि काम गर्न पनि सुरु गरिहाल्छ । सुरु गरेको कामलाई बीचैमा रोक्दैन । समयलाई व्यर्थै खेर फाल्दैन । अनि आत्म- नियन्त्रणसमेत कायम गर्छ ।
१०. धाराप्रवाह बोल्न सक्छन् । विचित्र ढंगले कुराकानी, छलफल गर्न सक्छन् । तर्कशक्ति भएका हुन्छन् । अनेक ग्रन्थको उदाहरण दिँदै कुरा गर्न सिपालु हुन्छन् । हामी पनि यस्तै गुण अनुसरण गरी असल मानिस बनौं है !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!