नीति

चाणक्य नीति अनुसार यी ३ कुराहरु भएका पुरुष अभागी हुन्छन

चाणक्य नीति अनुसार यी ३ कुराहरु भएका पुरुष अभागी हुन्छन ! चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्यले अर्थशास्त्रदेखि राजनीति, कुटनिति र जनजीविकाबारे धेरै नीति तयार पारेका छन्।  भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख(समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ । शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

पत्नीको पिडा

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।

भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवनसाथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुनसक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ । अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

हामीले जस्तो रोप्छौ त्यस्तै फल पाउछौं

के लोभ मृत्युको कारण बन्न सक्छ ?

देखेको पाइदैन लेखेको पाइन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!