खानपान

खरबुजाको बारेमा रोचक कथा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खरबुजाको बारेमा रोचक जानकारी पाठकलाई पस्कन लागेको छु । घटना केहि बर्ष पुर्बको हो । एक जना सेठलाई पिसाब रोकिएको हुनाले र त्यो समयमा एलोपैथिक औषधि पनि नभएको हुनाले वैध बोलाउन पठाएछन् । बैद्यको त्यो जमानामा रू. १००० लिने गरेकाले सेठले रु. ५०० एडभान्स दिएर पठाएकाले बैद्य घरमा आएर उपचार तरबुजाको बोक्रा निकालेर चिसोपानीमा राखेर खान दिएछन् यो पानी खाएपछी सेठको रोग निको भएछ ।

केहि बर्षपछि फेरि सेठलाई पिसाब रोकिएको र खरबुजाको बोक्रालाई थिचेर खादा ठिक भएनछ । पछि वैद्यलाई बोलाउन पठाउदा बाकी रु. ५०० र नयाँ हजार रुपैया जम्मा गराउन पठाएपछि मात्र वैद्य आउन मानेछन् । वैद्य आएर पुन: त्यही खरबुजाको बोक्रा मागेकाले सेठले यो त हामीले खाइरहेका छौं भनेछन् तर वैद्यले त्यही बोक्रा थिचेर गरम पानीसित खान दिएछन् । खाएको केहि समयामा पिसाब खुलेछ । ठिक भएकाले सेठले सोधेछन् मैले बनाएर खादा ठिक नहुने तर हजुरले बनाएर दिदा ठिक हुने ।

सेठको प्रश्नको जवाफमा पहिले उपचार गराउदा गर्मीको मौसम थियो तर अहिले जाडोको मौसम हुनाले तातोपानीमा दिनाले हजुरलाई फाइदा भएको थियो । सेठले समए काल नबुझी गरेको उपचारले ठिक नभएको कुरा बुझेछन् । हामीले औषधि सेवन गर्दा समयको ठुलो महत्व हुन्छ । आज उपचार गर्दा औषधि सेवन गर्ने समयको ख्याल नगर्दा औषधि ठिक भएपनि काम नगरेको कथाले प्रस्ट पारेको छ । आज हामीले खरबुजो खान्छौं तर बोक्रा फाल्छौं । पिसाब पोल्ने भएमा ठूलो औषधिको काम यो औषधिले गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

देउसी भैलोको पौराणिक कथा

स्याउ र यसको फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!