स्वास्थ्य

स्वस्थ रहन पानी कति पिउने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हाम्रो शरीरलाई दिनभरि कति पानी आवश्यक पर्छ भन्ने पहिलो-पटक आधिकारिक शोध २००४ मा मात्र हुन सकेको थियो । इन्स्टिच्युट अफ मेडिसिनका अनुसार वयस्क पुरुषले ३.७ र महिलाले २.७ लिटर पानी हरेक दिन पिउनुपर्छ ।

आवश्यकताको ८० प्रतिशत चिया, कफी, पानीजस्ता माध्यमबाट पूरा हुन्छ । बाँकी २० प्रतिशत खानाबाट पनि पूरा हुन्छ । हुन त निश्चित रुपमा यति नै आवश्यक हो भन्ने अन्तिम निर्णय यो होइन । हाम्रो शरीरमा पानीको स्तर आफैँले पनि मापन गर्न सक्छौँ ।

कसरी ?

१. शरीरको वजन हेर्ने । बिहान खानाअघि र खानापछिको औसत वजन थाहा हुन्छ ।

२. दिनभरिमा नियमित रुपमा चार पटक मूत्र त्याग गर्नु जरुरी हुन्छ । पिसाबको रङ पहेँलो वा हल्का पहेँलो भयो भने तपाईंले अलि बढी पानी पिउनु आवश्यक छ ।

३. पानी, चिया, कफी, जुस, सर्बतजस्ता कुरा नियमित अन्तरालमा पिइरहनुहोस् । प्यास लाग्नुअघि नै शरीरमा पानी पुगोस् भन्ने कुराम ख्याल राख्नुस् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!