विज्ञान

नेपाली भू-उपग्रह नेपाली स्याट-१ र यसका विशेषताहरु

नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भू-उपग्रह सहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भएको छ । अब अन्तरिक्ष कक्षमा भू-उपग्रहका पाटपुर्जाले काम गरे नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । यो भू-उपग्रह अन्तरिक्षमा पुगेपछि १ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा (आइएसएस) मा गएर बस्नेछ । यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो । त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन् ।

प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ । उक्त भू-उपग्रहले ९० मिनेटमा १ पटक पृथ्वीको परिक्रमा गर्नेछ । यसमा सरकारले १ करोड ८२ लाख रुपैयाँ खर्चेको छ । यो भू-उपग्रह लोअर अर्बिटमा बस्छ र पृथ्वीलाई फन्को मार्छ । यसको आयु बढीमा ३ वर्षसम्म अनुमान गरिएको छ । नानो स्याटेलाइट नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने र इमेज डाटा खिचेर पृथ्वीमा पठाउने दाबी गरिएको छ । यसमा क्यामेराका लागि डाटा संकलन र जीपीएस सिस्टम पनि हुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपाली भू-उपग्रह पुग्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

के हो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ?

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

नेपालले अन्तरिक्षमा प्रक्षेपण गरेकाे भू-उपग्रह नेपाली स्याट-१ पृथ्वीलाई घुम्ने भू-उपग्रह हो । अमेरिकाको अन्तरिक्ष सम्बन्धी निकाय नासाको परिभाषा अनुसार १ किलोग्रामदेखि १० किलोग्राम सम्मका स्याटेलाइटहरु नानो स्याटेलाइट हुन् । अन्तरिक्ष सम्बन्धी वेब पोर्टल एलन डट स्पेसका अनुसार नानो स्याटेलाइट धेरै सस्ता, थोरै आयतनका तथा छोटो आयुका हुने गर्छन् । नानो भनेको सानो आकारको हो, जुन १ देखि १० किलोको हुन्छ । योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ । यसको तौल १०० ग्रामदेखि १ किलोसम्म हुन्छ ।

Like & Follow us on Facebook

यो भू-उपग्रह मानिसको हातमा अटाउँछ । लगभग एक किलो तीन सय ३० ग्राम तौल छ । यसको लम्बाइ १० सेन्टिमिटर, चौडाइ १० सेन्टिमिटर र उचाइ १० सेन्टिमिटर छ । याे भू-उपग्रह पृथ्वीको सतहभन्दा करिब ४०० किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ । उक्त भू-उपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । त्यसमध्ये दैनिक ४ पटक नेपालको आकाशमा आइपुग्नेछ । भू-उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगो सहित विद्यार्थीहरुको नाम पनि छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!