धर्म-सस्कृति

भगवानलाई किन चढाइन्छ नरिवल ?

शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ । यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ । परापुर्व कालमा मानिसको बलिदान गरिन्थ्यो । पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालियो ।

तर नरिवल नै किन छानियो ? मानिसको सट्टा नरिवल नै किन प्रयोग गरियो तरु मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो रे । नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको भनि भनिन्छ । पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले ।

नरिवल फुटाउनुको सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकार पनि टुट्ने बुझिन्छ । अहंकारलाई व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ । हिन्दु ग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए । राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए । सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए । सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने ।

नरिवलको अन्य प्रयोग

भित्री फलबाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ । बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ । भित्री फलह त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ । भित्री फलबाट तेल पनि निकाल्न सकिन्छ । यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ । नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ । गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ । पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ । किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ । भगवानलाई चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त यो फललाई महाफला पनि भनिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

नरिवल र यसको महत्व

मन्दिरमा नरिवल फुटाउनुको रोचक कारणहरु

नाइटोमा नरिवलको तेल लगाउदा हुने फाइदाहरु

स्वास्थ्यको लागि नरिवलको तेलका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!